प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ आश्विन १९ गते विविध कार्यक्रमहरुमा सरिक हुनु भएको छ । २. हिजो बिहान Horse Guards Parade मा 1st Battalion Grenadier Guards ले प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई सम्मान गारत (Guard of Honour) प्रदान गरेको थियो । उक्त अवसरमा वहाँले सम्मान गारतको निरिक्षण समेत गर्नु भएको थियो । Horse Guards मा वहाँलाई Lieutenant General Paul Newton CBE, Commander, Force Development and Training र Major General William Cubitt CBE, General Officer Commanding, London District ले स्वागत गर्नु भएको थियो । ३. त्यसपश्चात, वहाँले Gurkha Memorial माल्यार्पण (Wreath Laying) गर्नु भएको थियो । Gurkha Memorial मा Field Marshal Sir John Chapple र Colonel David Hazz, Commander, Head Quarters Brigade of Gurkhas ले वहाँलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा Field Marshal Sir John Chapple ले Gurkha Memorial बारेमा जानकारी प्रदान गर्नु भएको थियो । ४. उक्त कार्यक्रम पश्चात वहाँले बेलायती सेनाको सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen सँग रक्षामन्त्रालयस्थित वहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रममा वहाँहरुबीच दुई पक्षिय आपसी हितका बिषयहरुमा कुराकानी भएको थियो । भेटघाटको कार्यक्रमपछि सेनाका उच्च पदस्थ अधिकृतहरुले वहाँलाई बिफ्रिङ्ग गर्नु भएको थियो । ५. हिजै साँझ Tower of London मा बेलायती सेनाध्यक्ष General Sir Peter Wall ले वहाँको सम्मानमा आयोजित रात्रीभोज Army Board Dinner) मा सरिक हुनु भएको थियो । ६. प्रधानसेनापति महारथी श्री गुरुङ्गको नेतृत्वमा चार सदस्यीय भ्रमण दल मिति २०६७ आश्विन १७ गते बेलायत प्रस्थान गरेको थियो ।