प्रधानसेनापतिद्धारा “स्पोर्टस डे २०७०” को अवलोकन

१. नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा संचालित सि.सं.५२ अधिकृत क्याडेटहरुको वार्षिक खेल प्रतियोगिता र उक्त प्रतियोगिताको अन्तिम दिन “स्पोर्टस डे २०७०” को आज मिति २०७० फाल्गुन १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर 
ज.ब.रा.को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । स्थापना कालदेखि नै उक्त प्रतिष्ठानमा रहेको नुवाकोट, केरुङ्ग, मकवानपुर र नालापानी गुल्महरुमा तालिमरत अधिकृत क्याडेटहरुबीच संचालन हुने विभिन्न खेल प्रतियोगिताहरुको विजयी खेलाडी र सेनामुखलाई शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्ने गरिन्छ । 

२. खेलकुदमा नेपाली सेनाको योगदानलाई अझ सशक्त र प्रभावकारी बनाउंदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको ईज्जत र प्रतिष्ठालाई बृद्धि गर्न तालिमको सुरुवाती दिनहरुबाटै यस किसिमका प्रतियोगिताहरु संचालन गरेबाट भविष्यका नेतृत्वबर्गहरु खेलकुदको राष्ट्रिय÷अन्तर्राष्ट्रिय महत्वलाई बुझ्न र अन्तर्गतका जवानहरुलाई खेलतर्फ आकर्षित गरी राष्ट्रिय खेलकुदलाई माथि उठाउन तथा शारिरीक सुगठन र भ्कउचष्त(मभ ऋयचउक को भावना अभिबृद्धि गर्न मद्दत पुग्दछ । अन्य मुलुकका सैनिक प्रतिष्ठानहरुले पनि यस किसिमका प्रतियोगिताहरुलाई विशेष महत्वका साथ संचालन गरी राष्ट्रिय खेलकुद क्षेत्रमा टेवा पु¥याई रहेका हुन्छन् । 

३. उक्त सैनिक प्रतिष्ठानको आठौं प्रतिष्ठानपति रहीसक्नु भएका प्रधानसेनापति श्री राणाले “स्पोटर्स डे २०७०” का अवसरमा अधिकृत क्याडेटहरुबाट प्रस्तुत मार्च पाष्ट सलामी ग्रहण गर्नुका साथै विभिन्न प्रतियोगिताहरुको अन्तिम प्रतिस्पर्धाहरु अवलोकन गरी विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । उक्त अवसरमा पूर्व प्रधानसनोपतिहरु लगायत उक्त प्रतिष्ठानका पूर्व कमाण्डाण्टहरुको साथै रथीबृन्द, सेनानी समुह, तथा तालिममा संलग्न शिक्षकबर्ग, तथा अधिकृत क्याडेटहरु लगायत तालिममा संलग्न अन्यदर्जाहरुको समेत सहभागीता रहेको थियो । उक्त प्रतिष्ठानमा हाल सिनियर ब्याचमा नाईजेरिया, केन्या र माल्दिभ्सका १÷१ जना क्याडेट र जुनियर ब्याचमा नाईजेरियाका २, केन्याका १ र बंगलादेशका १ जना गरी जम्मा ७ जना विदेशी अधिकृत क्याडेट तथा विभिन्न ब्याचका स्वदेशी ४०८ जना अधिकृत क्याडेटहरु तालिमरत छन् ।