कंगोमा नेपाली शान्ति सैनिक चढेको गाडीमाथि गृनेड प्रहार

१. मिति २०७० फाल्गुन १९ गते (तदनुसार ३ मार्च २०१४) का दिन माभिबि (गण हे.क्वा. बोईकेनिबाट ९ कि.मि. उत्तर) विमानस्थल निर्माणको निमित्त लेमोनाईट ल्याउने कार्यको लागि खट्टिएको नेपाली ईन्जिनियर से.मु.को एस्कर्ट कार्यको लागि श्री बज्रदल गण (शा.से.) २० औं डप्mफा, कंगो अन्तरगत रहेको माभिबि सुरक्षा बेशबाट खट्टिएको कन्भोयको पछाडीको गाडीमा मोटरसाईकलमा आएका केहि अज्ञात व्यक्तिहरुले गृनेड प्रहार गर्दा नेपाली शान्ति सैनिक ६ जना घाईते भएका छन् । 

२. शान्ति स्थापनार्थ कंगोमा तैनाथ श्री बज्रदल गण (शा.से.) २० औं डप्mफा अन्तरगत रहेको माभिवि सुरक्षा बेशबाट Kyanmazyamba ईलाकातर्फ खट्टिई उक्त एस्कर्ट टोली लेमोनाईट लिई वेश फिर्ता हुने क्रममा स्थानिय समय अनुसार १८५० बजे बेनि ईलाकामा मुभ भईरहेको कन्भोयको अन्तिममा रहेको गाडीमा मोटरसाईकलमा आएका केहि अज्ञात व्यक्तिहरुले गृनेड प्रहार गरेका थिए । 

३. उक्त घटनामा घाईतेहरु मध्ये दुई जना गम्भिर घाईते भएता पनि खतरामुक्त रहेका छन् । उनीहरुको हाल गण हे.क्वा.मा उपचार भईरहेको र गम्भिर घाईतेहरुलाई UN कोLevel III Hospital, Goma मा थप उपचारका लागि पठाउने तयारी भईरहेको छ ।