कंगोमा घाईते भएका सैनिकमध्ये दुईजना शान्ति सैनिकलाई UN, Level III Hospital, Goma मा उपचारका लागि लगिएको

मिति २०७० फाल्गुन १९ गते (तदनुसार ३ मार्च २०१४) का दिन माभिबि (गण हे.क्वा. बोईकेनिबाट ९ कि.मि. उत्तर) विमानस्थल निर्माणको निमित्त लेमोनाईट ल्याउने कार्यको लागि खट्टिएको नेपाली ईन्जिनियर से.मु.को एस्कर्ट कार्यको लागि श्री बज्रदल गण (शा.से.) २० औं डप्mफा, कंगो अन्तरगत रहेको माभिबि सुरक्षा बेशबाट खट्टिएको कन्भोयको पछाडीको गाडीमा मोटरसाईकलमा आएका केहि अज्ञात व्यक्तिहरुले गृनेड प्रहार गर्दा घाइेत भएका नेपाली शान्ति सैनिक ६ जना मध्ये दुईजनालाई UN को Level III Hospital, Goma मा थप उपचारका लागि लगिएको छ । निजहरु घाईते भएता पनि खतरामुक्त रहेको जानकारी त्यहाँ तैनाथ गणबाट प्राप्त भएको छ ।