राष्ट्रिय सेवा दलको ४९ औं बार्षिकोत्सव तथा ४० औं ब्याचको दिक्षान्त समारोह सम्पन्न

१. आज मिति २०७० फाल्गुन २१ गते राष्ट्रिय सेवा दलको ४९ औं बार्षिकोत्सव तथा उपत्यका भित्रको ४० औं व्याच जुनियर डिभिजनको दिक्षान्त समारोह प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा जंगी अड्डा परिसरमा सम्पन्न भएको छ ।
 २. उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुर शाखाहरुका छात्र तथा छात्राहरुले दिक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य र तेक्वान्दो ड्रिल प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी प्रधानसेनापति श्री राणाले तालिममा उत्कृष्ट हुने क्याडेट छात्र÷छात्राहरु लगायत सहभागी विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुको साथै शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुका साथै विद्यालयबाट छात्र÷छात्राहरुलाई सहभागी गराई तालिम संचालन गर्न सहयोग गर्नु भएका प्रधानाध्यापकहरुलाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।
३. उक्त दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले युवाहरुको राष्ट्र विकासमा महत्वपुर्ण भुमिका रहने विषयलाई प्रकाश पार्दै युवाहरुको ईच्छाशक्तिलाई शिक्षा, अनुशासन र ईमान्दारीताले विशेष उर्जा प्रदान गर्ने बताउनु भएको थियो । 
४. प्रधानसेनापति श्री राणाले तालिमको समयमा हासिल गरेका अनुशासन, सहयोगी भावना, समुहमा बसेर लक्ष्य प्राप्तिका लागि गर्ने ज्ञान र अभ्यासले व्यक्तिगत चरित्र निर्माणमा र सफल जीवनयापनमा ठुलो सहयोग मिल्ने बताउंदै छात्र÷छात्राहरुलाई भविष्यमा जुनसुकै क्षेत्रमा कर्म गरेपनि राष्ट्रप्रति बफादार रही आफ्नो कर्तव्य पथमा अग्रसर भईरहनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।
५. यसै क्रममा प्रधानसेनापति श्री राणाले राष्ट्रिय सेवा दलले युवाहरुलाई प्रशिक्षित गरेर राष्ट्रलाई सेवा प्रदान गर्न जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार लगायत सम्पुर्ण शिक्षक वर्गहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।
६. उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी श्री रमीन्द्र क्षत्रीले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
७. नेपाल अधिराज्यभर रहेका युवा छात्र÷छात्राहरुलाई राष्ट्र निर्माण गर्ने कार्यमा ठोस योगदान पु¥याउन सक्ने एक अनुशासित र कर्तव्यनिष्ठ युवा जनशक्ति तयार पार्ने हेतुले वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले हाल सम्म करिव २०००० छात्र÷छात्राहरुलाई तालिम दिई सकेको छ । 
८. उक्त कार्यक्रममा निमित्त रक्षा सचिव, रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवहरु, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरु एवं अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक वर्गहरुको समेत उपस्थित रहेको थियो ।