EX-SURYA KIRAN-VI शुभारभ्म

१. एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपेन्देहीमा मिति २०७० फाल्गुन २१ गते नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास"EX SURYA KIRAN-VI" को सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा.बाट प्रथम प्रवचन भई शुभारम्भ भएको छ । 
२. उक्त अभ्यासको शुभारम्भ गर्नुहुँदै सैनिक विनय महानिर्देशक श्री राणाले लामो समय देखि दुई सेना वीच रहँदै आएको पारस्परिक सम्बन्धलाई यस अभ्यासले अझ मजबुत बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै दुई सेना वीच हुने यस किसिमका संयुक्त अभ्यास तथा तालिमहरुले भविष्यमा आईपर्ने बहुराष्ट्रिय स्तरको विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता कार्यहरुमा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
३. प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक एवं व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुने उक्त अभ्यासको यो छैठौं संस्करण हो । नेपाली सेनाबाट २०० जना र भारतीय सेनाबाट २५० गरी जम्मा ४५० जना समाबेश भई संचालन हुन लागेको यो छैठौं संयुक्त अभ्यास आगामी चैत्र ४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यस भन्दा अगाडी भारतीय सेनाको Counter Insurgency & Jungle Warfare (CIJW) School मेजोरममा मार्च २०११ मा, भारतको चौवत्तिया उत्तराखण्डमा जुन २०१२ मा र भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा गरी तिन पटक यस किसिमको संयुक्त अभ्यास संचालन भएको थियो । त्यसैगरी यस भन्दा पहिला नेपालको श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ मा र डिसेम्बर २०१२ मा यस किसिमको संयुक्त अभ्यास संचालन भईसकेको छ । हाल हुन गईरहेको यो अभ्यास नेपालमा तेस्रो पटक हुँदैछ । 
४. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ । साथै यस अभ्यासले नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।