सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता (MSTC-I) को शुभारम्भ

१. आज मिति २०७० फाल्गुन २५ गते नेपाली सेनाद्धारा आयोजित सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता (Military Science and Technology Competition (MSTC-I) को सैनिक युद्धकार्य महानिर्देशक उपरथी श्री पदम विलाश कार्कीले शुुभारम्भ गर्नु भएको छ । 

२. सैनिक शारीरिक तालिम तथा खेलकदु केन्द्र, लगनखेलमा २ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको आज पहिलो दिन सर्वसाधारणहरुको लागि निःशुल्क प्रवेश सहित खुला गरिएको छ भने दोश्रो दिन प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.बाट उक्त प्रतियोगिताको अवलोकन, पुरस्कार र प्रमाणपत्र वितरण तथा प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको छ ।

३. साथै उक्त प्रदर्शनीमा सम्बन्धित सहभागीहरु, संचारकर्मी, विद्यार्थी तथा सर्व साधारणहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।