प्रधानसेनापतिद्धारा सुदुर पश्चिम तथा मध्य पश्चिमका युनिटहरुको निरिक्षण भ्रमण सम्पन्न

१. मिति २०७० फाल्गुन २३ गतेबाट राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय अन्तर्गत युनिटहरुको निरिक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.ले आज मिति २०७० फाल्गुन २५ गते उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गर्नु भएको छ । 

२. उक्त निरिक्षणको क्रममा प्रधानसेनापति श्री राणाले राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तरगत नं.२ राष्ट्र विकास गण र नं.२ वन तथा पर्यावरण गणको मिति २०७० फाल्गुन २३ गते तथा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय अन्तरगत नरसिंहदल गणको सुरक्षा वेशहरुहरुको मिति २०७० फाल्गुन २४ गते निरीक्षण भ्रमण गर्नु भएको थियो । यसैगरी मिति २०७० फाल्गुन २५ गते नं.१९ बाहिनी अड्डाको निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री राणालाई नं.१९ बाहिनी अड्डाका बाहिनीपतिबाट आफ्नो जिम्मेवारी क्षेत्र राप्ती अञ्चलको सुरक्षास्थिति तथा अन्य बस्तुस्थितिबारे विस्तृतमा जानकारी गराउनु भएको थियो ।  

३. निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति श्री राणाले सुर्खेतको चेपाङ्ग—शिवपुर—गुठी—लामीदमार हुंदै अम्रेनीसम्म ऋथअष्लिन गरी उल्लेखित वेशहरुको निरीक्षण गर्नु भएको थियो । निरीक्षण भ्रमणकै क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी प्राप्त गर्नु भएको थियो भने उक्त स्थानहरुमा तैनाथ युनिटहरुका सकल दर्जाहरुलाई सम्बोधन गर्नुको साथै आवश्यक निर्देशन दिनु भएको थियो ।

४. उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।