सैनिक विनय महानिर्देशकद्धारा सैन्य तालिमको अन्तिम दलेल कवाज निरीक्षण

१. आज मिति २०७० फाल्गुन २६ गते सैनिक विनय महनिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.बाट श्री सैनिक तालिम केन्द्र, त्रिशुलीमा तालिमरत सैन्यहरुको अन्तिम दलेल कवाजको निरीक्षण र सलामी ग्रहण गर्नु भएको छ । 

२. सम्बोधनको क्रममा उपरथी श्री ज.ब.रा.ले नवनियुक्त सिपाहीहरुलाई आप्mनो सैनिक पेशागत दक्षता, अनुशासन, कर्तव्य परायणता कायम राख्न र आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न निर्देशन दिनु भएको थियो । लामो समयको अथक परिश्रम, मेहनत तथा लगनशिलताका साथ तालिम सम्पन्न गर्नु भएकोमा बधाई दिंदै उपरथी श्री ज.ब.रा.ले नवनियुक्त सिपाहीहरुलाई भविष्यमा आईपर्ने जस्तोसुकै विषम् परिस्थितिमा राष्ट्र तथा जनताको सेवामा ईमानन्दार, निडर, निश्वार्थ तथा दत्तचित्त भई लाग्ने विश्वास व्यक्त गर्नु भयो । 

३. राष्ट्रियता, राष्ट्रको सार्वभौमसत्ता, अखण्डता तथा सुरक्षा र राष्ट्रबासीको हक, हित र अधिकारको संरक्षणका लागि प्रतिवद्ध नेपाली सेनाको मुलभुत दायित्वलाई मनन् गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताको लागि प्राण आहुति दिन समेत पछि नपर्ने सेनाको धर्म र कर्म रहेको कुरा बताउनु हुंदै आफ्नो जिम्मेवारी निर्वाह गर्नमा तपाईहरु सदैब प्रतिवद्ध रहनु हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो । 

४. साथै उक्त तालिम केन्द्रका केन्द्रपति लगायत तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने शिक्षक अधिकृत, पदिक तथा अन्य दर्जाहरुलाई धन्यबाद दिनु हुंदै उपरथी श्री ज.ब.रा.ले नवनियुक्त सिपाहीहरुको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । 

५. उक्त कार्यक्रममा शिक्षक अधिकृत, पदिक, अन्यदर्जा, तालिमरत सैन्यहरुको अभिभावक लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

६. तत्पश्चात उपरथी श्री ज.ब.रा. वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखाल प्रस्थान गर्नु भई शान्ति स्थापना कार्यमा नेपाली सेनाको भूमिका, तालिम सम्बन्धि विविध जानकारी तथा प्रदर्शनीको अवलोकन गर्नु भएको थियो ।

७. उक्त सैन्य तालिम केन्द्र तथा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पांचखालको निरीक्षण भ्रमणको दौरान विभिन्न संचारगृहका वरिष्ठ संचारकर्मीहरु समेत सहभागी हुनुहुन्थ्यो । वहांहरुलाई उक्त दुवै तालिम केन्द्रका केन्द्रपतिहरुद्धारा तालिम सम्बन्धी विविध विषयहरुको जानकारी गराईएको थियो ।