प्रधानसेनापतिज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७० फाल्गुन २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL Mission, Lebanon  मा तैनाथ हुन जाने क्रममा रहेको श्री ईन्द्रध्वज गण (शा.से.) ५५ औं डफ्फा र UNDOF Mission, Syria मा तैनाथ हुन जाने श्री ईन्फेन्ट्री युनिट (शा.से.) दोस्रो डप्mफाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा भईरहेको Pre-Deployment  तालिमको निरीक्षण तथा समापन गर्नु भएको छ ।

२. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशमा समेत द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको बताउनु भएको थियो । यसै क्रममा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्ने पवित्र र महान कार्यमा सहभागी हुन श्री ईन्द्रध्वज गण (शा.से.) ५५ औं डफ्फा र UNDOF Mission, Syria  मा तैनाथ हुन जाने श्री ईन्फेन्ट्री युनिट (शा.से.) दोस्रो डप्mफामा सम्मिलित भई जाने तपाईहरुले विगतमा हाम्रा वीर सैनिकहरुले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको समेत बताउनु भएको थियो ।

३. साथै उक्त कार्यक्रममा प्रधानसेनापति श्री राणाले विगत ५५ वर्ष भन्दा बढी समय देखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म करिव १,००,५५० सैनिकहरू विभिन्न ४० वटा मिशनहरूमा खट्टिई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल १३ वटा विभिन्न मिशनहरूमा ३८५४ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नु हुंदै हाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय अनुसार पश्चिम अफ्रिकी राष्ट्र मालीमा स्थापना भएको United Nations Multidimensional Integrated Stabilization Mission in Mali (MINUSMA)  मा नेपाली सेनाबाट १४० को नफ्रिको एक Explosive Ordnance Disposal (EOD)  मिशन ईलाकामा हालै तैनाथ भईसकेको जानकारी गराउनु भएको थियो ।