UNMISS Mission, South Sudan को लागि छनौंट हुनुभएका Deputy Force Commander त्यसतर्फ प्रस्थान

१. हिजो मिति २०७० फाल्गुन २६ गते बेलुका २३०० बजे संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNMISS Mission, South Sudan  मा Deputy Force Commander (DFC)  को नियुक्तिमा कार्यरत रहन सहायक रथी श्री रमेश कुमार पुन Mission Area तर्फ प्रस्थान गर्नुभयो । 

२. सहायक रथी श्री पुनलाई प्रस्थान गर्नुपूर्व सहायक रथी श्री टेक बहादुर सिंहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । सो बिदाई समारोहमा नेपाली सेनाका अन्य अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।