EX-SURYA KIRAN-VI सम्पन्न

१. एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपेन्देहीमा मिति २०७० फाल्गुन २१ गतेबाट संचालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "EX SURYA KIRAN-VI"  को आज मिति २०७० चैत्र ४ गते बलाधिकृत रथी श्री पवन वहादुर पाण्डेले अन्तिम प्रवचन गर्नुभई समापन भएको छ । 

२. उक्त अभ्यासको समापन गर्नुहुँदै बलाधिकृत रथी श्री पाण्डेले दुई छिमेकी राष्ट्रका तालिममा संलग्न फौजहरुद्वारा तालिमको दौरान प्रस्तुत उच्च स्तरिय मनोबल, उत्साह, दृढता तथा स्वच्छ सहभागिताबाट खुशी भएको विचार व्यक्त गर्नुभयो । यस किसिमको संयुक्त अभ्यासहरुले भविष्यमा कुनै पनि क्षेत्रिय वा अन्तर्राष्ट्रिय जगतमा सौहाद्रपूर्ण रुपमा दुवै देशका सैनिकले एकसाथ काम गर्न सक्ने वातावरण श्रृजना गर्न मद्धत पुग्न जाने र विभिन्न भौगोलिक परिस्थितीमा प्रति विद्रोह सम्बन्धि कारवाहीहरु र विपद् व्यवस्थापन लगायत विभिन्न विषयहरु समाबेश गरी सम्पन्न उक्त अभ्यासले दुई सेना वीच संयुक्त कार्य गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने र आपसी अनुभवहरु साटासाट गर्न यस अभ्यासको  महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभएको थियो । 

३. उक्त सम्बोधनका क्रममा बलाधिकृत रथी श्री पाण्डेले सैनिक सहयोग र सहकार्य विस्तार गर्न भारतीय सरकार तथा भारतीय सेनाले देखाएको उत्सुकताप्रति आभार प्रकट गर्नुभयो । उक्त केन्द्रका केन्द्रपति लगायत तालिम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबै टिमलाई धन्यबाद दिनु हुंदै बलाधिकृत रथी श्री पाण्डेले अभ्यासमा सहभागी नेपाली तथा भारतीय सैनिकहरुलाई अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सफल हुनु भएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो । 

४. प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि विभिन्न सैद्धान्तिक एवं व्यवहारिक विषयहरु समाबेश गरी संचालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट २०० जना र भारतीय सेनाबाट २५० गरी जम्मा ४५० जना समावेश भएका थिए । यस भन्दा अगाडी भारतीय सेनाको Counter Insurgency & Jungle Warfare (CIJW) School मेजोरममा मार्च २०११ मा, भारतको चौवत्तिया उत्तराखण्डमा जुन २०१२ मा र भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा गरी तिन पटक यस किसिमको संयुक्त अभ्यास संचालन भएको थियो । त्यसैगरी यस भन्दा पहिला नेपालको श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ मा र डिसेम्बर २०१२ मा यस किसिमको संयुक्त अभ्यास संचालन भईसकेको छ । हाल सम्पन्न भएको यो अभ्यास नेपालमा तेस्रो पटक संचालन भएको हो ।  

५. उक्त समापन कार्यक्रममा नेपाली सनाका रथीबृन्द तथा भारतीय सेनाका Lt Gen Rakesh Nandan (DC & W) तथा नेपालस्थित भारतीय सैनिक सहचारी र अधिकृत लगायत अन्य दर्जाहरुको उपस्थिती रहेको थियो । 

६. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नुका साथै यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुगेको छ । साथै यस अभ्यासले नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पु¥याएको छ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहाद्र बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।