अमेरिकी सेनाको Special Force Group (Airborne) र नेपाली सेनाको विशेष फौजबीच संयुक्त तालिम तथा अभ्यास संचालन

१. अमेरिकी सेनाको Special Force Group (Airborne)  र नेपाली सेनाको विशेष फौजद्वारा मिति २०७० चैत्र १४ गतेबाट मिति २०७१ बैशाख १७ गतेसम्म पहाडी ईलाकामा हुने विभिन्न सैनिक कारवाही सम्बन्धी अभ्यास र प्राकृतिक विपद्को समयमा खोजतलास र उद्धार (Search and Rescue)  जस्ता कार्यको संयुक्त तालिम तथा अभ्यास संचालन गर्न अमेरिकी सेनाको ऋज्ञघण् जहाज आज तालिम सामग्री लिई काठमाण्डौं आईपुगेको छ । 

२. सन् २००३ देखि बार्षिक रुपमा यस किसिमको तालिम तथा संयुक्त अभ्यास कार्यक्रम संचालन हुंदै आई रहेको छ । प्रथम चरणको तालिम नगरकोटमा, दोस्रो चरणको तालिम चितवनको शक्तिखोरमा र तेस्रो चरणको तालिम तथा अभ्यास रसुवाको मानचेतमा संचालन हुनेछ । उक्त तालिम तथा अभ्यास सम्पन्न गरी अमेरिकी सैनिक टोली मिति २०७१ बैशाख २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

३. यस किसिमको संयुक्त तालिम तथा अभ्यासहरुले केवल नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्धलाई मात्र प्रवद्र्धन नगरी नेपाल र अमेरिकाबीचको द्धिपक्षिय पारस्परिक सम्बन्धलाई समेत प्रगाढ एवं सुदृढ गर्न मद्दत पुग्नेछ । साथै भविष्यमा हुन सक्ने ठुला विपद्हरुमा मानविय सहयोग तथा विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरुलाई प्रभावकारी ढंगले संचालन र सम्पादन गर्न नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।