“घोडेजात्रा समारोह २०७०” सम्पन्न

१. आज मिति २०७० चैत्र १६ गते टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको प्रमुख आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ “घोडेजात्रा समारोह २०७०” भव्यताका साथ सु–सम्पन्न भयो ।

२. उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु जस्तै ट्रिकराईडर, टांगन र चार्जर घोडा दौड, स्वर्ड जम्प, शो जम्प, लान्स हिट प्याक, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड एप्पल, ड्रिल राईड, म्यूजिकल राइड, भल्टिङ्ग एक्सरसाईज, हर्ष बल, क्रस कन्ट्रि एण्ड फिक्स जम्प, हंगेरियन पोष्ट, साईकल दौड र फायर जम्प प्रदर्शन गरिएको थियो । साथै उक्त समारोहमा प्रदर्शन गरिएको साईकल दौड खेल २०६९ सालमा प्रथम पटक प्रदर्शन गरिएको थियो भने यस वर्ष पनि यसलाई निरन्तरता दिईएको छ ।

३. उक्त समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट शो–जम्पमा प्रथम हुनु हुने घोडसवार प्र.सु. राजेन्द्र बानियां, द्धितिय हुने हुने घोडसवार हुद्धा लाल बहादुर कुंवर तथा म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार सेनानी रवि के.सी. र द्धितिय हुनु हुने घोडसवार सह–सेनानी मिलन थापालाई पुरस्कार प्रदान गर्नु भएको थियो । 

४. साथै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले निम्न विधाहरुमा प्रथम र द्धितिय हुनु हुने घोडसवारहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

(क) पहिलो टाँगन घोडा दौड
       (१) प्रथम – प्युठ राम बहादुर कार्की
       (२) द्धितिय – श्याम कृष्ण रोक्का

(ख) दोस्रो टाँगन घोडा दौड
      (१) प्रथम – सयस अशोक राई
      (२) द्धितिय – सयस हिमध्वज मगर
(ग) नेपाल प्रहरीको चार्जर घोडा दौड
      (१) प्रथम – प्रहरी सहायक निरिक्षक सोम बहादुर भुजेल
      (२) द्धितिय – प्रहरी जवान प्रेम बहादुर बस्नेत

(घ) नेपाली सेनाको पहिलो चार्जर घोडा दौड
      (१) प्रथम – सिपाही मनोज तिमल्सिना 
      (२) द्धितिय – सिपाही राजेन्द्र महत

(ङ) नेपाली सेनाको दोस्रो चार्जर घोडा दौड
      (१) प्रथम – सिपाही हरिचन्द्र दनुवार
      (२) द्धितिय – सिपाही राजन थापा

(च) नेपाली सेनाको तेस्रो चार्जर घोडा दौड
      (१) प्रथम – सिपाही उद्धव खतिवडा
      (२) द्धितिय – सिपाही सिताराम घर्ती

(छ) नेपाली सेनाको चौथो चार्जर घोडा दौड
      (१) प्रथम – सिपाही सोम बहादुर भुजेल 
      (२) द्धितिय – सिपाही रामहरी कडरिया

(ज) साईकल रेस तर्फ
      (१) प्रथम – सिपाही अच्युत पराजुली
      (२) द्धितिय – प्युठ आइत सिंह तामाङ्ग

५. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, का.मु.प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीद्धय, माननीय मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षकहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मी, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।