सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशील कोईरालाद्वारा पूर्वी पृतना हे.क्वा.को निरिक्षण भ्रमण

१. सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशील कोईरालाबाट आज मिति २०७० चैत्र १७ गते ईटहरी स्थित पूर्वी पृतना हे.क्वा.को निरिक्षण भ्रमण गर्नुभएको छ । वहाँको साथमा माननीय मन्त्रीहरु, प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. र निमित्त रक्षा सचिव समेत हुनुहुन्थ्यो ।
  
२. निरिक्षण भ्रमणको क्रममा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री कोईरालालाई पूर्वी पृतनापति उपरथी श्री विनोज बस्न्यातद्वारा स्वागत गर्नुहुँदै पृतना हे.क्वा. अन्तर्गतका बाहिनी तथा युनिटहरुको तैनाथीको बारेमा जानकारी गराउनु भई तालिम तथा सुरक्षा चूनौतीहरुको बारेमा विफ्रिङ्ग गर्नुभएको थियो । 

३. निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री कोइराला आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।