एसिया–प्रशान्त क्षेत्रका शान्ति स्थापना तालिम केन्द्रहरुको कार्यशाला २०१४ आरम्भ

१. नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त तत्वावधानमा नेपालमा मिति २०७० चैत्र १८ गते देखि ऐ. २१ गतेसम्म एसिया–प्रशान्त क्षेत्रका १६ राष्ट्रका तथा जर्मनी र क्यानाडाका गरी जम्मा १८ राष्ट्रका Peacekeeping Training Centre  का कमाण्डरहरु सम्मिलित कार्यशाला आजबाट शुरु भएको छ ।
 
२. उक्त चार दिने कार्यशालाको पहिलो तीन दिन काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा तथा अन्तिम दिनको कार्यक्रम पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गर्ने कार्यक्रम रहेको छ । 

३. "Leveraging the strength the of Association of Asia-Pacific Peace Keeping Operation Training Centre (AAPTC): development regional submission to address UN Training Needs"  नारा सहित संचालित उक्त कार्यशालामा संयुक्त राष्ट्र संघ अन्तरगत रही तैनाथ हुन जाने फौजलाई समय सापेक्ष एवं प्रभावकारी तालिम प्रदान गर्ने सम्बन्धमा आपसी विचार–विमर्स एवं छलफल हुनेछ । साथै सहभागी राष्ट्रहरुवीच तालिम सम्बन्धि आपसी समझदारी विकास गर्दै लाने र संयुक्त राष्ट्रसंघलाई तालिम परिमार्जन एवं पुनरावलोकन गर्न नीतिगत सुझाव समेत दिने लक्ष्य राखी यो कार्यशाला हुन लागेको हो ।

४. उक्त कार्यक्रमको उद्घाटन नेपाली सेनाका बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले गर्नु भएको थियो । उद्घाटनको क्रममा वहांले US Pacific Command ले विभिन्न तालिम, सेमिनार तथा गोष्टीहरु संचालन गरी शान्ति स्थापना कार्यमा पु¥याएको उल्लेखनिय कार्यहरुको प्रशंसा गर्नु भएको थियो । साथै यस कार्यशालाले एसिया प्रशान्त क्षेत्रका भावी योजना तय गर्न, शान्ति स्थापना सम्बन्धि तालिम केन्द्रहरुबीच सम्बन्धको आपसी सहकार्य तथा सम्बन्ध अझ सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै Global Peace Operation Initiative (GPOI) का कार्यक्रम प्रबन्धक Mr Scott Weidie लगायत सहभागी सबैलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली सेनाका प्रधानसेनापतिज्यूको तर्फबाट US Pacific Command लाई यस किसिमको कार्यक्रमहरु संचालन गर्न भएको सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नु भएको थियो । 

५. उक्त कार्यशालामा नेपाल लगायत अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन, भारत, ईन्डोनेसिया, जापान, मलेशिया, मंगोलिया, न्युजिल्याण्ड, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड, भियतनाम, जमर्नी र क्यानाडाका Peacekeeping Training Centre  का कमाण्डरहरुको सहभागीता रहेको थियो ।

६. गत बर्ष यस प्रकारको कार्यशाला मंगोलियामा संचालन भएको थियो भने यस अघि नेपालमा सन् २०१० मा संचालन भएको थियो ।