प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा.बाट “लघु चलचित्र प्रतियोगिता–२०७०” का उत्कृष्ट चलचित्र तथा “सिपाही वार्षिक २०७०” र “शिवपुरी जर्नल” १५ औं अङ्कका उत्कृष्ट लेखकलाई पुरस्कार वितरण

१. नेपाली सेनाद्धारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७०” का उत्कृष्ट चलचित्र तथा “सिपाही वार्षिक २०७०” र शिवपुरी जर्नल १५ औं अङ्कका उत्कृष्ट लेखकहरुलाई जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच आज मिति २०७१ बैशाख ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले पुरस्कार वितरण गर्नु भयो ।

२. “लघु चलचित्र प्रतियोगिता २०७०” मा प्रथम हुने ड्रिम विजार्ड गु्रपको “शुभारम्भ”, द्धितिय हुने दर्शन नेपाल क्रियसनको “स्यावास” र तृतिय हुने सागर मुभि क्रियसनको “राष्ट्रप्रति समर्पित नेपाली सेना” लाई क्रमश रु.१,५०,०००।–, रु.१,००,०००।– र रु.५०,०००।– नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा चौथो हुने अमर कला केन्द्रको “अठोट” र पाचौं हुने चन्द्रमान डंगोलको चलचित्र “राष्ट्र सेवक” लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.१०,०००।— र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगिताका सम्पुर्ण प्रतियोगिहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । 

३. सोही अवसरमा नेपाली सेनाको वार्षिक अङ्क “सिपाही २०७०” तथा “शिवपुरी जर्नल” १५ औं अङ्कमा प्रकाशित लेखहरु मध्ये प्रथम हुने प्रा.डा. जयराज आचार्यको शिवपुरी जर्नलमा प्रकाशित "Nepal"s Foreign Policy: For Promoting National Interest" द्धितिय हुने चालक प्रमुख सेनानी मान बहादुर कार्कीको लेख "Army Aviation Roles in Humanitarian Assistance and Disaster Relief Operations" र तृतिय हुने सेनानी विजित राज रेग्मीको “नेपालमा प्रकृति संरक्षणका विविध पक्षहरु” शीर्षकका लेखहरुलाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार क्रमशः रु.५०,०००।–, रु.२५,०००।– र रु.१५,०००।– प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

४. उक्त अवसरमा चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा लोपोन्मुख बाजा सारङ्गीको जगेर्ना गर्ने उद्देश्यका साथ नेपाली सेनामा स्थापनाको क्रममा रहेको संगीतकार शम्भुजित बास्कोटा र सैनिक व्याण्डको क्रियाशिलतामा सारङ्गी अर्केष्ट्रा व्याण्डले सांगीतिक प्रस्तुति समेत गरेको थियो । सो समारोहमा जंगी अड्डाका रथीबृन्द, निमित्त रक्षा सचिव, प्राज्ञहरु, संचारगृहका प्रवद्र्धक र सम्पादकहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र विभिन्न संचारमाध्यमका संचारकर्मी, महिला तथा सज्जनबृन्दको उपस्थिति रहेको थियो ।

५. हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत गर्ने गरिन्छ । यस प्रतियोगिता राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ हुन प्रेरित गर्न सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्दै चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई प्रोत्साहित गर्दै नेपालको कला, संस्कृति र पहिचानलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।