अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति र US PACOM का Commander, Admiral Samuel Locklear वीच भेटवार्ता

१. अमेरिका भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख १५ गते US PACOM का Commander, Admiral Samuel Locklear  संग भेटवार्ता गर्नु भएको थियो । वहां संगको भेट सौहार्दपूर्ण र फलदायी रहेको थियो र उक्त अवसरमा अमेरिकी राजदुत Mr Peter W. Bodde  को समेत उपस्थिति रहेको थियो । सो भेटघाटपूर्व प्रधानसेनापति श्री राणाको सम्मानमा US PACOM को टुकडीले सैनिक सम्मान प्रदान गरेको थियो । US PACOM का Commander, Admiral Samuel Locklear  ले सोही दिन प्रधानसेनापति महारथी श्री राणाको सम्मानमा दिवा भोजको आयोजना समेत गर्नु भएको थियो ।

२. त्यसैगरी, भ्रमणकै क्रममा प्रधानसेनापति श्री राणासंग US PACOM HQ मा US PACOM तथा joint director बीच छलफल भएको थियो । त्यस अवसरमा COS MG Crutchfield, Foreign Policy Adviser Mr. Matt Mathews, Manpower and Personal, Intelligence, Operation, Logistic, Engineering and Security Cooperation, Strategic Planning Policy, South Asia / Oceania Policy Division, Command Control Communication and Cyber, Training and Exercises का निर्देशकहरु र special staffs संग छलफल भएको थियो । उक्त छलफल सुरक्षा तथा सैनिक सहयोग, सैनिक तालिम तथा व्यवसायिकताको अभिबृद्धि, संयुक्त सैनिक अभ्यास, Humanitarian Assistant and Disaster Response -HADR)  र Health Care Management / Planning जस्ता विषयहरुमा केन्द्रित थियो र उक्त छलफल निकै हार्दिक र फलदायी रहेको थियो ।

३. त्यसैगरी, सोही भ्रमणका क्रममा Marine Force Pacific का कमाण्डर Lt Gen Robling संग HADR support र Disaster Response Exercise and Exchange (DREE)  का विषयमा छलफल भएको थियो । साथै हवाईको Fort Island मा The Center for Excellence in Disaster Management & Humanitarian Assistance  का Director Dr. Pam Milligan संग विपद् उद्धारको तयारी, जोखिम न्युनीकरण र नेपालको आवश्यकता विषयमा छलफल भएको थियो । Special Operation Command Pacific का Deputy Commander संग सहयोगका विषयमा छलफल भएको थियो । तत्पश्चात प्रधानसेनापति श्री राणाले Asia Pacific Center for Security Studies  को भ्रमण गर्नु भएको र त्यहां  Deputy Director संगको भेटघाट पछि हाल APCSS मा संचालन भईरहेको Advanced Security Co-operation कोर्षलाई प्रधानसेनापति महारथी श्री राणाले प्रवचन दिनु भएको थियो । उक्त द्धिपक्षिय भेटघाट तथा छलफल फलदायी रहेको थियो । साथै, हवाई भ्रमण पश्चात प्रधानसेनापति श्री राणा आजै San Francisco  को लागि रवाना हुने कार्यक्रम रहेको छ । 

४. हवाई भ्रमणकै दौरान प्रधानसेनापति श्री राणासंग नेपालका लागि अमेरिकी राजदुत Mr. Peter W. Bodde  ले छुट्टै भेटघाट तथा छलफल गर्नु भएको थियो । प्रधानसेनापतिको सम्मानमा राजदुत Bodde ले रात्रीभोजको समेत आयोजना गर्नु भएको थियो ।