अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापतिद्वारा US Naval Postgraduate School (NPS) को भ्रमण

१. अमेरिका भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख १६ गते San Francisco स्थित US Naval Postgraduate School (NPS) को भ्रमण गर्नुभएको थियो । सो अवसरमा प्रधानसेनापतिज्यूमा सम्बन्धित अधिकारीहरुबाट NPS सम्बन्धि व्रिफ हुनुको साथै Center for Civil-Military Relations (CCMR) Program का Director Mr Richard Hoffman संग भेटघाट गर्नुभएको थियो । उक्त भेटघाटमा Senior Lecturer Mr John Feely, Relief and Recovery Program Manager Mr Mathew Vaccaro र Defense Institutional Reform Initiative (DIRI) कीMs Jeane Giraldo को समेत उपस्थिती रहेको थियो । 

२. उक्त भेटघाटमा Post Conflict Civil-Military Relations, MOD and Military Relations तथाSecurity Sector Reform (SSR) सम्बन्धमा छलफल भएको थियो  र उक्त छलफल हार्दिक र फलदायी रहेको थियो । 

३. भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री राणासंग San Francisco स्थित NPS अध्ययनरत नेपाली सेनाका अधिकृतहरुले भेटघाट तथा छलफल गर्नुभएको थियो । 

४. आज मिति २०७१ बैशाख १७ गते प्रधानसेनापति महारथी श्री राणा US Army Command & General Staff College, Fort Leavenworth, Kansas df X"g] International Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुनको लागि San Francisco बाट Kansas तर्फ प्रस्थान गर्नुु हुने कार्यक्रम रहेको छ । प्रधानसेनापति महारथी श्री राणालाई US Army Combined Arms Center and Fort-Leavenworth sf Commanding General Lt. Gen Robert B.Brown ले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ ।