नेपाली सेनाद्धारा सरसफाई

१. आज मिति २०७१ बैशाख १३ गतेको ०७३० बजे उपत्यका पृतना हे.क्वा.को संयोजकत्वमा करिव ५०० जना फौज परिचालन गरी बागमती सरसफाई कार्यक्रम अन्तरगत गुहेश्वरी ईलाकामा सरसफाई कार्य गरेको छ । 

२. बागमती सरसफाई अभियानमा योगदान पु¥याउने क्रममा नेपाली सेनाको तर्फबाट उक्त जनशक्ति परिचालन गरी गुहेश्वरी ईलाका र बागमती नदीमा रहेको फोहोर–मैलालाई व्यवस्थापन गरी सरसफाईमा योगदान पु¥याएको थियो । उक्त सरसफाई कार्यक्रममा अन्य सुरक्षा निकाय, सरसफाई अभियानमा संलग्न विभिन्न संघ संस्थाहरु एवं सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो । 

३. आम जनसमुदायको स्वास्थ्य तथा वातावरणसंग प्रत्यक्ष सरोकार राख्ने यस किसिमको सरसफाई कार्यक्रममा नेपाली सेना विगत लामो समय देखि सहभागी भइ यस्ता किसिमका क्रियाकलापहरुलाई सफल बनाउन आप्mनो तर्फबाट योगदान दिदै आएको छ र भविष्यमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्न चाहन्छ ।