प्रधानसेनापति अमेरिकाको औपचारिक भ्रमणको लागि प्रस्थान

१. काठमाण्डौस्थित अमेरिकी महामहिम राजदुत Mr Peter W. Bodde तथा U.S. Army Combined Arms Center का Deputy Commanding General Christopher P. Hughes को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मिति २०७१ बैशाख १३ गते राती अमेरिकातर्फ प्रस्थान गर्नु भएको छ । प्रधानसेनापति राणालाई अमेरिका प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप एक सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै सो अवसरमा बिदाईका लागि रथीबृन्द, काठमाण्डौंस्थित अमेरिकी राजदुतावासका Affairs Mr John Carwile तथा काठमाण्डौं स्थित विभिन्न मूलुकका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

२. प्रधानसेनापति महारथी श्री राणा मिति २०७१ बैशाख १८ गते US Army Command & General Staff College, Fort Leavenworth, Kansas  मा हुुने International Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुने र सो कार्यक्रमको अगाडी र पछाडी अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरु र बरिष्ठ सैनिक अधिकारीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस किसिमको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुद बनाउन एवं विस्तार गर्न थप मद्धत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

३. प्रधानसेनापति श्री राणाको अनुपस्थितिमा प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले सम्हाल्नु हुनेछ भने भ्रमण पुरा गरी प्रधानसेनापति श्री राणा मिति २०७१ बैशाख २९ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।