का.मु.प्रधानसेनापतिसंग मित्रराष्ट्र पाकिस्तानको National Defence University को भ्रमणदलले भेटवार्ता

१. मिति २०७१ बैशाख १४ गतेबाट नेपाल भ्रमणमा रहेको मित्रराष्ट पाकिस्तानको National Defence University का Brig Gen A jab Khan को नेतृत्वमा आएको १७ सदस्यीय भ्रमणदलले आज मिति २०७१ बैशाख १५ गते जंगी अड्डामा का.मु. प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डेसंग भेटवार्ता गरेको छ ।

२. उक्त भेटवार्तामा दुई देश वीच रहेको आपसी हित एवं पारस्परिक सहयोगका सम्बन्धमा छलफल भएको थियो । का.मु. प्रधानसेनापति रथी श्री पाण्डेसंग भेटवार्ता गर्नु अघि उक्त भ्रमण दललाई सैनिक समाचार निर्देशकबाट समसामयिक बस्तुस्थिती सम्बन्धमा व्रिफिङ्ग भएको थियो । साथै उक्त टोलीले नेपाली सेनाका अन्य बरिष्ठ सैनिक अधिकारीहरुसंग समेत अन्तरक्रिया गरेको थियो । 

३. उक्त भ्रमण दलले मिति २०७१ बैशाख १७ गते श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमण दल नेपालको भ्रमण पुरा गरी मिति २०७१ बैशाख १८ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।