नेपाली सेनाद्धारा घाईतेहरुको उद्धार

१. आज मिति २०७१ बैशाख १७ गतेको करिव १३०० बजे अर्घाखांची जिल्लाको नरपानी गा.वि.स. वडा नं.५ मा अर्घाखांचीबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ६२३१ नम्बरको यात्रुवाहक बस र विपरित दिशावाट आईरहेको लु १ ख ७८३५ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुवै गाडी सडकबाट करिव २०० मिटर तल खोलामा खस्दा गाडीमा सवार १३ जना यात्रुहरुको मृत्यु हुनको साथै २६ जना यात्रुहरु घाईते भएका 
छन् । 

२. उक्त दुर्घटनाको खवर प्राप्त हुनासाथ अर्घाखांचीस्थित नेपाली सेनाको श्री चन्दननाथ गणबाट गणपतिको कमाण्डमा खट्टिएको उद्धार टोलिले मृतकहरुको शव दुर्घटनास्थलबाट बाहिर निकाल्नुको साथै अन्य घाईतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क तथा बुटवलमा पठाएको छ । यसैगरी उक्त दुर्घटनामा परी गम्भिर घाईते भएका २१ जनालाई नेपाली सेनाको MI-17 हेलिकोप्टरबाट काठमाण्डौ ल्याईएको छ । 

३. दुर्घटनास्थलमा उद्धार कार्यको लागि नेपाली सेना सहित प्रहरी तथा स्थानिय व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।