अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापतिलाई International Hall of Fame Induction Ceremony मा सम्मान प्रदान

१. मित्रराष्ट्र अमेरिका भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मिति २०७१ बैशाख १८ गते International Hall of Fame Induction Ceremony मा सहभागी हुनु भएको छ । सन् १९८९ मा अमेरिकाको Command and General Staff College Fort Leavenworth, Kansas बाट Graduate गर्नु भएका प्रधानसेनापति श्री राणाको सम्मानमा आयोजित Lewis and Clark Centre को Eisenhower Auditorium मा International Hall of Fame Induction कार्यक्रमका दौरान वहांको तस्वीर राखी सम्मान गरिएको थियो । Command and General Staff College बाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरुले सम्बन्धित राष्ट्रको उच्च पद हासिल गरेका व्यक्तित्वहरुको तस्वीरलाई उक्त हलमा राखी सम्मान प्रकट गर्ने परम्परा अनुरुप नेपालका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.लाई उक्त सम्मान दिईएको हो । उक्त सम्मान कार्यक्रमका दौरान  US Army Pacific Command का Commanding General Vincent Brooks, Combined Arms Centre and Fort Leavenworth का Commanding General Lt Gen. Robert B Brown लगायत अन्य उच्च सैनिक तथा निजामती अधिकारीहरुको उपस्थिती रहेको थियो ।

२. उक्त कार्यक्रम पश्चात प्रधानसेनापति श्री राणाले Command and General Staff College को अायोजनामा Lewis and Clark Centre को Eisenhower Auditorium मा वहांलाई प्रदान गरेको सम्मान प्रति सम्बोधन गर्दै उक्त कलेज,US Army तथा अमेरिकी सरकारप्रति कृतज्ञता तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

३. प्रधानसेनापति श्री राणालाई Lewis and Clark Center को Eisenhower Auditorium मा Combined Arms Centre and Fort Leavenworth का Commanding General Lt Gen Robert B Brown तथा Mrs Brown ले स्वागत गर्नु भई कार्यक्रम स्थलसम्म लैजानु भएको थियो । प्रधानसेनापति श्री राणासंग Lt Gen Brown ले मिति २०७१ बैशाख १७ गते उक्त कलेजमा भेटवार्ता गर्नु भएको थियो र तत्पश्चात प्रधानसेनापति श्री राणाको सम्मानमा वहांले सोही दिन रात्रीभोजको समेत आयोजना गर्नु भएको थियो । 

४. उक्त सम्मान कार्यक्रम पश्चात प्रधानसेनापति श्री राणा र USARPAC का Commanding General, General Vincent Brooks बीच भेटघाट तथा छलफल भएको थियो । उक्त अवसरमा द्धिपक्षिय आपसी सहयोग विस्तारका विषयमा केन्द्रित उक्त भेटवार्ता सौहार्दपूर्ण र फलदायी रहेको छ ।

५. साथै प्रधानसेनापति श्री ज.ब.रा. मिति २०७१ बैशाख १८ गते नै Washington को लागि प्रस्थान गर्नु भएको छ ।