का.मु. प्रधानसेनापति र Asia Pacific Center for Security Studies (APCSS) का Director बीच भेटवार्ता

१. आज मिति २०७१ बैशाख १९ गते का.मु. प्रधानसेनापति रथी श्री पवन बहादुर पण्डेसंग Asia Pacific Center for Security Studies (APCSS) का Director, Lt Gen (Retd.) Dan Leaf ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
 
२. उक्त भेटघाटमा द्धिपक्षिय आपसी हितका साथै सम्बन्धित तालिमहरुको विषयमा  छलफल भएको थियो । US Pacific Command का पूर्व Deputy Commander समेत रहनु भएका Lt Gen (Retd.)Leaf को नेतृत्वमा रहेको भ्रमण दलले आजै शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेको थियो ।