अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति र अमेरिकी उच्च पदस्थ अधिकारीबीच भेटवार्ता

१. अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख १९ गते वासिङ्गटनस्थित अमेरिकी उच्च पदस्थ पदाधिकारीहरुसंग भेटवार्ता गर्नु भएको छ । 

२. भेटघाटको क्रममा प्रधानसेनापति श्री राणाले Bureau of South and Central Asian Affairs का Principal Deputy Assistant Secretary (PDAS), Mr. Richard Hoagland संग भेट गरी द्धिपक्षिय आपसी हितका विषयमा छलफल गर्नु भएको थियो । यसैगरी प्रधानसेनापति श्री राणाले US Department of State का Assistant Secretary of Political-Military Affairs Mr. Puneet Talwar संग भेटवार्ता गर्नु भएको थियो । सो भेटघाटको क्रममा आपसी सैनिक सम्बन्ध तथा सुरक्षा सहयोगको विषयमा छलफल भएको थियो । 

३. भेटघाटकै क्रममा प्रधानसेनापति श्री राणाले Deputy secretary of State for Management and Resources Ms. Heather Higginbottom संग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटको क्रममा द्धिपक्षिय हित तथा Foreign Military Financing (FMF) सम्बन्धी सुरक्षा सहयोगका विषयमा छलफल भएको थियो । तत्पश्चात Mr. Hoagland ले प्रधानसेनापति श्री राणाको सम्मानमा दिवा भोजको समेत आयोजना गर्नु भएको थियो । 

४. यसैगरी प्रधानसेनापति श्री राणाले The Asia Foundation का Vice President Nancy Yaun संग भेटवार्ता  गर्नु भएको थियो । उक्त भेटवार्ता क्षेत्रिय सैनिक तथा सुरक्षा सम्बन्धी विषयहरु र नागरिक—सैनिक सम्बन्धका बारेमा केन्द्रित रहेको थियो । तत्पश्चात प्रधानसेनापति श्री राणाले Principal Deputy Assistant Secretary (PDAS) Uzra Zeya संग भेटघाट गर्नु भएको थियो । उक्त भेटघाट पछि प्रधानसेनापति श्री राणाले USAID का Administrator Mr. Rajib Shah संग भेटघाट गरी द्धिपक्षिय हितका सम्बन्धमा छलफल गर्नु भएको थियो । 

५. उक्त दिनको अन्तिम भेटघाटका क्रममा प्रधानसेनापति श्री राणाले International Foundation of Electoral Systems (IFES)का प्रतिनिधि Bill Sweeney संग गत नोभेम्बरमा सम्पन्न भएको संविधानसभा निर्वाचन तथा नागरिक—सैनिक सम्बन्ध सम्बन्धी विषयहरुमा छलफल गर्नु भएको थियो । प्रधानसेनापति श्री राणा र अमेरिकी उच्च पदस्थ पदाधिकारीहरुबीच सम्पन्न सवै भेटवार्ता हार्दिक तथा सौहार्दपूर्ण रहेको थियो ।

६. आज मिति २०७१ बैशाख २० गते प्रधानसेनापति श्री राणा र नेपालका लागि अमेरिकी राजदुत ःच। एभतभच ध्। द्ययममभ बीच भेटवार्ता हुने कार्यक्रम रहेको छ ।