अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापतिद्वारा अमेरिकी रक्षा मन्त्रालयका उच्च पदस्थ सरकारी तथा सैनिक अधिकारीहरुसंग भेटवार्ता

१. अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख २२ गते अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनस्थित अमेरिकी उच्च पदस्थ सरकारी तथा सैनिक पदाधिकारीहरुसंग भेटवार्ता गर्नु भएको छ ।
 
२. भेटघाटको क्रममा प्रधानसेनापति श्री राणाले Defence Agency का पदाधिकारीहरुसंग भेटघाट गर्नु भएको थियो । सो अवसरमा क्षेत्रिय सुरक्षा सम्बन्धका विविध बिषयहरुमा छलफल भएको थियो । तत्पश्चात प्रधानसेनापति श्री राणाले Deputy Assistant Secretary for Stability Operations and Rule of Law, Ms Anne Witkowsky संग भेटघाट गर्नु भई शान्ति स्थापना तथा विपद् उद्धार सम्बन्धी विविध विषयहरुमा छलफल गर्नु भएको थियो ।
 
३. भेटघाटकै क्रममा प्रधानसेनापति श्री राणाले Asian and Pacific Security Affairs (APSA) का Principal Director for East Asia Dr. Amy Searight संग भेटघाट गर्नु भएको थियो । उक्त भेटघाटको दौरान द्धिपक्षिय सम्बन्धका साथै क्षेत्रिय सुरक्षा सम्बन्धी विषयहरुमा छलफल भएको थियो । उक्त भेटघाट पछि प्रधानसेनापति श्री राणाले Director of the Army Staff (DAS), Lt Gen William T. Grisoli संग भेटघाट गर्नु भई द्धिपक्षिय र क्षेत्रिय सैनिक सम्बन्ध, तालिम, संयुक्त सैनिक अभ्यास, मानवीय सहयोग तथा विपद् उद्धार (HADR), सैनिक स्वास्थ्य लगायत विविध विषयहरुमा छलफल गर्नु भएको थियो । यसैगरी, प्रधानसेनापति श्री राणाले सोही दिन Defense Security Cooperation Agency (DSCA) का Vice Admiral, Joseph W. Rixey संग भेटघाट गर्नुभई नेपालको लागि सुरक्षा सहयोग सम्बन्धमा छलफल गर्नु भएको थियो । 

४. प्रधानसेनापति श्री राणाले सोही दिन अपरान्ह National Defence University (NDU) तथा Near East South Asia (NESA) Center का वरिष्ठ पदाधिकारीहरुसंग समेत भेटघाट गर्नु भएको थियो । उक्त भेटघाटमा नागरिक–सैनिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा रणनीति सम्बन्धमा छलफल भएको थियो । भेटघाट अघि National Defence University (NDU) मा प्रधानसेनापति श्री राणालाई NDU का Senior Vice President, Ambassador Ms. Wanda Nesbitt ले स्वागत गर्नु भएको थियो । साथै, प्रधानसेनापति श्री राणाको सम्मानमा अमेरिकाको लागि नेपालका कार्यबाहक राजदुतले सोही दिन रात्रीभोजको आयोजना गर्नु भएको थियो । 

५. आज मिति २०७१ बैशाख २३ गते प्रधानसेनापति श्री राणा Texas तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।