अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापतिद्वारा अमेरिकी सेनाको Defence Institute for Medical Operations तथा Brook Army Medical Center को भ्रमण

१. अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख २३ गते अमेरिकी सेनाको San Antonio, Texas स्थित Defence Institute for Medical Operations (DIMO) / Brook Army Medical Center (BAMC) को भ्रमण गर्नु भएको थियो ।

२. Defence Institute for Medical Operations (DIMO) को भ्रमणको दौरान प्रधानसेनापति श्री राणालाई DIMO का Director Col Timothy Pendergrass ले उक्त Institute बारे ब्रिफिङ्ग गर्नु भएको थियो । सो अवसरमा श्री राणाले Medical Service Corps को कार्यहरु सम्बन्धमा जानकारी हासिल गर्नुका साथै DIMO का पदाधिकारीहरुसंग उक्त क्ष्लकतष्तगतभ बारे विस्तृतमा छलफल गर्नुका साथै नेपाली सेनाको वर्तमान स्वास्थ्य योजना, मेडिकल उपकरण तथा अस्पताल व्यवस्थापन सम्बन्धमा छलफल गर्नु भएको थियो ।

३. यसैगरी, Brook Army Medical Center (BAMC) को भ्रमणको दौरान प्रधानसेनापति श्री राणाले Southern Regional Medical Command का Commanding General, Maj Gen Jimmie Keenan संग भेटघाट गर्नु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति श्री राणालाई Hospital Incident Command System (HICS) and Trauma Center Roles in Disaster Response सम्बन्धी ब्रिफिङ्ग भएको थियो । साथै सो अवसरमा नेपाली सेनाको वर्तमान मेडिकल योजना तथा चुनौतिहरु सम्बन्धमा समेत छलफल भएको थियो ।

४. सोही दिन प्रधानसेनापति श्री राणाले BAMC अन्तरगतको Center for Intrepid (CFI)को समेत भ्रमण गर्नुभई घाईते अमेरिकी सैनिकहरुको पुनस्र्थापना सम्बन्धी विविध विषयहरुको जानकारी हासिल गर्नु भएको थियो ।