नेपाली सेनाद्धारा “भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)–२०७१” आयोजना गरिने

१. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको पहल एवं संयोजकत्वमा “भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)–२०७१” आगामी २०७१ जेठ ६ र ७ गते फुस्रे व्यारेक धरान तथा इटहरी व्यारेकमा र जेठ ७ र ८ गते हिले व्यारेक धनकुटामा आयोजना गर्ने कार्यक्रम रहेको छ । 

२. उक्त सम्मेलन पूर्वाञ्चल विकास क्षेत्रमा स्थायी बसोबास गर्ने अवकाश प्राप्त सैनिकहरु तथा पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका श्रीमतीहरुको लागि लक्षित गरी संचालन गर्न लागिएको हो । सम्मेलन शुरु हुनु अगाडी उक्त स्थानहरुमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ । स्वास्थ्य शिविर धरान र इटहरीमा जेठ ४ गतेदेखि ७ गतेसम्म तथा हिलेमा जेठ ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिनेछ भने उक्त स्वास्थ्य शिविरमा सबै रोग सम्बन्धि उपचार तथा आवश्यकता अनुसार शल्यक्रिया (अप्रेशन) समेत गरिनेछ ।

३. सम्मेलनमा भाग लिने सहभागी (भूतपूर्व सैनिक र पारिवारिक निवृत्तभरणमा रहेका महिलाहरु) लाई घरदेखि सम्मेलन स्थलसम्म आउंदाजांदा लाग्ने खर्च उपलब्ध गराइने छ भने निजहरुलाई निःशुल्क बासस्थान तथा खानपिनको व्यवस्था सम्मेलन आयोजक समितिले उपलब्ध गराउने छ । उक्त सम्मेलनमा सहभागी हुन पूर्वाञ्चल विकास क्षेत्रमा वसोवास गर्ने सबै भूतपुर्व सैनिक वा पारिवारिक निबृत्तभरणमा रहेका महिलाहरुले बैशाख २८ गतेसम्म उक्त बिकास क्षेत्रका नजिकको नेपाली सेनाको व्यारेकहरुमा नाम दर्ता गराउनु पर्नेछ । साथै, आ–आप्mनो नाम दर्ता गराउन पेन्सन पटृा पेश गर्नु पर्नेछ ।

४. नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरुको हितको लागि कल्याणकारी कार्यलाई “नेपाली सेना कल्याणकारी बोर्ड” मार्फत हिताधिकारीहरुको घरदैलोसम्म विकेन्द्रित गर्न भू.पु.हरुसंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको राय सुझाव सकंलन गर्ने र उपयुक्त राय सुझावहरुलाई कार्यान्वयन गर्ने तथा नेपाली सेनामा लघु वित्त परियोजना मार्फत् हिताधिकारीहरुको जीवनस्तर सुधार्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

५. सम्मेलनमा भूतपूर्व सैनिक परिचय–पत्र नबनाएका वा नविकरण गर्न पर्नेहरुको लागि परिचय–पत्र बनाइने छ । वयोवृद्ध परिचय–पत्र र भूतपूर्व सैनिक परिचय–पत्र बनाउनको लागि सादा पोशाकमा खिचिएको अटो साईजको फोटो २ प्रति, पेन्सनपट्टाको प्रतिलिपि र नागरिकताको प्रमाण पत्र वा नागरिकताको प्रमाण पत्र नम्बर खुल्ने कागजाद प्रति १ (एक) पेश गर्नु पर्नेछ ।

६. सम्मेलनमा नेपाली सेना, नेपाली सेनाको कल्याणकारी गतिविधि तथा नेपाली सेना कल्याणकारी बोर्ड सम्बन्धमा विभिन्न प्रस्तुतीकरणहरु, सहभागी भुतपूर्व सैनिकहरुसंग अन्तरक्रिया तथा छलफल लगायत नेपाली सेना सम्बन्धी लघुबित्त कार्यक्रमको शुभारम्भ तथा नेपाली सेना सम्बन्धी बृत्तचित्र समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यसै अवसरमा मोरङ्गको थलाहमा निर्माण हुने कल्याणकारी बोर्डको ईपिसेन्टर भवनको समेत सिलान्यास हुनेछ ।  

७. नेपाली सेनाको कल्याणकारी गतिविधिलाई समयानुकुल प्रभावकारी बनाउदै कल्याणकारी सेवालाई विकेन्द्रित गर्ने उद्देश्यले गठित “नेपाली सेना कल्याणकारी बोर्ड” तथा सो मातहतका “इपिसेन्टर कार्यालय”ले आप्mनो आदर्श वाक्य “सेवा, कल्याण, सम्मान” लाई चरितार्थ गर्दै आगामी दिनहरुमा समग्र सैनिकहरु र आश्रित परिवारको जीवनस्तर सुधार्न उल्लेखनीय योगदान पु¥याउने अपेक्षा नेपाली सेनाले गरेको छ