अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापतिद्वारा अमेरिकी उच्च पदस्थ सरकारी तथा सैनिक अधिकारीहरुसंग भेटवार्ता

१. अमेरिका भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले अमेरिकी उच्च पदस्थ सरकारी तथा सैनिक पदाधिकारीहरुसंग भेटवार्ता गर्नु भएको छ ।
 
२. भेटघाटको क्रममा मिति २०७१ बैशाख १९ गते प्रधानसेनापति श्री राणाले International Foundation of Electoral System (IFES)  का Director Bill Sweeney संग भेटघाट गर्नु भएको थियो । प्रधानसेनापति श्री राणाले सो अवसरमा गत नोभेम्बरमा सम्पन्न भएको संविधानसभा निर्वाचन तथा नागरिक—सैनिक सम्बन्ध सम्बन्धी विषयहरुमा छलफल गर्नु भएको थियो । उक्त भेटघाटमा नेपालका लागि अमेरिकी राजदुत Peter W. Bodde र अमेरिकाको लागि नेपालका कार्यवहाक राजदुत श्री ऋषिराम घिमिरेको समेत उपस्थिती रहेको थियो । 

३. त्यसैगरी मिति २०७० बैशाख २२ गते प्रधानसेनापति श्री राणाले अमेरिकी रक्षा मन्त्रालय, पेन्टानगनस्थित Deputy Assistant Secretary for Stability Operations and Rule of Law, Ms Anne Witkowsky,  Director of the Army Staff (DAS), Lt Gen William T. Grisoli / Defense Security Cooperation Agency (DSCA) का Vice Admiral, Joseph W. Rixey संग भेटघाट गर्नुभई द्धिपक्षिय हितका सम्बन्धमा छलफल गर्नु भएको थियो । 

४. प्रधानसेनापति श्री राणाले सोही दिन अपरान्ह National Defence University (NDU) तथा Near East South Asia (NESA) Center को भ्रमण गरी वरिष्ठ पदाधिकारीहरु तथा NDU का Senior Vice President, Ambassador Ms. Wanda Nesbitt संग भेटवार्ता गर्नु भएको थियो । 

५. त्यसैगरी मिति २०७१ बैशाख २३ गते प्रधानसेनापति श्री राणाले Defence Institute for Medical Operations (DIMO) तथा Brook Army Medical Center (BAMC) को भ्रमण गर्नुभई उक्त केन्द्रहरुका वरिष्ठ पदाधिकारीहरुसंग उक्त सेन्टर तथा नेपाली सेनाको वर्तमान मेडिकल योजना तथा चुनौतिहरु सम्बन्धमा छलफल गर्नु भएको थियो । 

६. प्रधानसेनापति श्री राणा मित्रराष्ट्र अमेरिकाको भ्रमण पुरा गरी मिति २०७१ बैशाख २७ गते Houston बाट Tokyo प्रस्थान गरी Bangkok हुंदै मिति २०७१ बैशाख २९ गते नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।