प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ आश्विन २० गते विविध कार्यक्रमहरुमा सरिक हुनुभयो । २. हिजो बिहान प्रधानसेनापति महारथी श्री गुरुङ्गले बेलायती Land Forces को मुख्यालयको भ्रमण गर्नुभयो । सो मुख्यालयमा वहाँलाई Field Army का Commander, Lieutenant General Barney White-Spunner CBE ले स्वागत गर्नु भएको थियो । उक्त अवसरमा Land Forces मुख्यालय सम्बन्धी ब्रिफिङ्ग भएको थियो । त्यसपछि वहाँले Brigade of Gurkhas को मुख्यालयको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा Brigade of Gurkhas का Commander Colonel David Hayes ले उक्त Brigade सम्बन्धी जानकारी दिनु भएको थियो । यसैगरी वहाँले Gurkha Welfare Trust को समेत भ्रमण गर्नुभयो । सो अवसरमा उक्त Trust का निर्देशक Colonel William Shuttlewood ले उक्त Trust सम्बन्धी ब्रिफिङ्ग गर्नु भएको थियो । ३. त्यसपश्चात, प्रधानसेनापति महारथी श्री गुरुङ्गले Winchester स्थित गोरखा संग्रहालयको अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा वहाँलाई उक्त संग्रहालयका अध्यक्ष Gerald Davies ले स्वागत गर्नु भएको थियो । ४. हिजै साँझ बेलायती Field Army का Commander Lieutenant General Barney White-Spunner CBE द्वारा वहाँको सम्मानमा Land Forces Officers' Mess मा आयोजित रात्रीभोजमा सरिक हुनु भयो ।