प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. अमेरिकाको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१ US Army Command & General Staff College, Fort Leavenworth, Kansas मा भएको International Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुने सिलसिलामा अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. भ्रमण पुरा गरी आज मिति २०७१ बैशाख २९ गते स्वदेश फिर्ता हुनु भएको छ । प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा वहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै सो अवसरमा स्वागतका लागि रथीबृन्द, काठमाण्डौंस्थित अमेरिकी राजदुत Peter W. Bodde तथा काठमाण्डौं स्थित विभिन्न मूलुकका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । 

२. प्रधानसेनापति श्री राणा मिति २०७१ बैशाख १८ गते International Hall of Fame Induction Ceremony मा सहभागी हुनु भएको थियो । सन् १९८९ मा अमेरिकाको  Command and General Staff College Fort Leavenworth, Kansas बाट Graduate प्रधानसेनापति श्री राणाको सम्मानमा आयोजित उक्त कार्यक्रमको सुरुवातमाCombined Arms Centre and Ford Leavenworth का Commanding General, Lt. Gen Robert B.Brown ले स्वागत गर्दै प्रधानसेनापति श्री राणालाई Lewis and Clark Centre काे Eisenhower Auditorium मा वहांको तस्वीर राखी सम्मान गर्न लैजानु भएको थियो । उक्त सम्मान कार्यक्रम पश्चात प्रधानसेनापति श्री राणा र   USARPAC का Commanding General, General Vincent Brooks बीच भेटघाट तथा छलफल भएको थियो । द्धिपक्षिय आपसी सहयोग विस्तारका विषयमा केन्द्रित उक्त भेटवार्ता सौहार्दपूर्ण र फलदायी रहेको थियो ।

३. अमेरिका भ्रमणको दौरान प्रधानसेनापति श्री राणाले अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरु र वरिष्ठ सैनिक अधिकारीहरुसंग भेटघाट गर्नुृभएको थियो । प्रधानसेनापति श्री राणाले २०७१ बैशाख १५ गते US PACOM का Commander, Admiral Samuel Locklear संग भेटवार्ता गर्नुका साथै US PACOM HQ का Joint Directors हरु संग छलफल गर्नुभएको थियो । 

४. उक्त भ्रमणका क्रममा विभिन्न स्थानहरुमा संयुक्त राज्य अमेरिकाका सैनिक पदाधिकारीहरु, अमेरिकी रक्षा मन्त्रालयका पदाधिकारीहरु तथा State Department का उच्च पदाधिकारीहरुसंग विशेषतः अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्व कायम गर्न नेपाली सेनाले निर्वाह गरेको भूमिका एवं नेपाली सेना र अमेरिकी सेनाबिचको द्धिपक्षिय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । उक्त भेटघाटको अवसरमा प्रधानसेनापति श्री राणालाई नेपाली सेनाको गैह्र राजनीतिक चरित्र र विगत द्धन्द्धको व्यवस्थापनको प्रमुख कडिको रुपमा रहेको समायोजन प्रक्रियालाई सहज तुल्याउन निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको थियो । त्यसैगरी, नेपाली सेनाले अवलम्बन गरेका लक्ष्य तथा योजनाहरुका महत्वपूर्ण पक्षहरुमध्ये आधुनिकीकरण लगायतका विषयहरुमा चर्चा भएको थियो । राष्ट्रिय सरोकार राख्ने विगतमा सम्पन्न संविधानसभा निर्वाचनको सुरक्षा व्यवस्था लगायत अन्य महत्वपूर्ण जिम्मेवारीहरुमा नेपाली सेनाले निर्वाह गरेको भूमिकामा समेत छलफल भएको थियो । नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वको लागि पु¥याउंदै आएको योगदानलाई अभिबृद्धि गर्न सकिने र त्यसमा सबैको सकारात्मक सहयोग प्राप्त भएमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएको हुंदा सम्बन्धित सबैको सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो । उक्त भ्रमणका दौरान भएका भेटवार्ताहरुमा अमेरिकी सरकार र सेनाको तर्फबाट नेपाली सेनालाई प्राप्त सबै प्रकारका सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुका साथै भ्रमण अवधिभर भएका सबैजसो द्धिपक्षिय भेटवार्ताहरुमा सहभागी अमेरिकी राजदुत एभतभच ध्। द्ययममभ को सकारात्मक सहयोगप्रति समेत आभार व्यक्त गर्नु भएको थियो ।

५. यस किसिमको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर, दरिलो एवं विस्तार गर्न थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।