प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.द्वारा पश्चिम पृतना अन्तर्गतको युनिटको निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले आज मिति २०७१ बैशाख ३० गते श्री पश्चिम पृतना अन्तर्गतको युनिटको निरीक्षण भ्रमण गर्नुभएको छ । 

२. प्रधानसेनापति श्री राणाले श्री पश्चिम पृतना अन्तर्गतको स्याङ्गजा पुतली बजारमा तैनाथ श्री शम्शेर गुल्मको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा वहाँले त्यस गुल्मको तालिम, बन्दोबस्ती, अनुशासन र कल्याणकारी पक्षका बारेमा समेत जानकारी लिनु भएको थियो । साथै सो अवसरमा सकलदर्जाहरुसंग भेटघाट गर्दै नेपाली सेना जनता र देश प्रति सदैव समर्पित संगठन भएको हुंदा आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न र आफुलाई प्राप्त जिम्मेवारी हर हमेशा लगनशिल भई पुरा गर्न निर्देशन दिनु भएको छ । 

३. उक्त निरीक्षण भ्रमणमा प्रधानसेनापति श्री राणासंग सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा. र पश्चिम पृतनापति उपरथी श्री यज्ञ विक्रम राणा समेत सहभागी हनु भएको थियो । स्याङ्गजास्थित श्री शम्शेर गुल्मको जिम्मेवारी क्षेत्रमा कालीगण्डकी (ए) जलविद्युत आयोजना रहेको छ ।

४. उक्त भ्रमण पश्चात प्रधानसेनापति श्री राणा आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।