प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.द्वारा Yak Ru Annapurna Challenge 14 का विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले आज मिति २०७१ बैशाख ३० गते पोखरास्थित माउण्ट कैलाश होटलमा आयोजित High Altitude Mountain Cycling  प्रतियोगिता "Yak Ru Annapurna Challenge 2014" को पुरस्कार वितरण समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित भई विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । े

२. प्रधानसेनापति महारथी श्री राणाले उक्त प्रतियोगितामा प्रथम हुने नवाङ्ग दावा शेर्पा, द्धितिय हुने नेपाली सेनाका अमल्दार रामकुमार तामाङ्ग, तृतिय हुने नेपाली सेनाका सिपाही हिमाल टमाटा र चौथो हुने नेपाली सेनाका सह सेनानी राजिव चन्दलाई जनही रु एक लाख, रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रधानसेनापति श्री राणाले वातावरणीय स्वच्छता र पर्यटन उद्योगको प्रवद्र्धनका लागि यस किसिमको प्रतियोगिताले टेवा पु¥याएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

३. Dawn Till Dusk Pvt. Ltd. ले स्वदेशी तथा विदेशी Cyclists समावेश गरी May 2-15, 2014 सम्म पाँच तहमा आयोजना गरेको उक्त High Altitude Mountain Cycling प्रतियोगितामा कुल १२ जना स्वदेशी तथा विदेशी Cyclists  हरु सहभागी थिए । उक्त प्रतियोगिता  लम्जुङ्गको बेसिहर, बाहुनडांडा, मनाङ्गको फेदी, थोराङ्गपास (५४१६ मिटर उचाई) पार गर्दै मुस्ताङ्गको कागवेनीबाट तातोपानी हुँदै कनियाघाटसम्मको २४० कि.मि. दुरी पार गरी सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको दौरान २ कोरियन Cyclists  लाई High Altitude Sickness लागि हेलिकप्टरबाट Evacuate गर्नुपरेको थियो । १२ जना सहभागी रहेको उक्त प्रतियोगितामा जम्मा ९ जनाले मात्र उक्त प्रतियोगिता पुरा गरेका थिए ।