प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.द्वारा अभ्यास “कुरुक्षेत्र” को निरिक्षण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.बाट नगरकोटस्थित सैनिक तालिम ईलाकामा संचालन भईरहेको पेशागत प्रतियोगिता अन्तर्गत अभ्यास “कुरुक्षेत्र” को आज मिति २०७१ जेष्ठ १ गते निरिक्षण गर्नुभएको छ । 

२. सैनिकहरुको पेशागत क्षमता अभिबृद्धि गर्न उनीहरुमा  Professionalism, Cohesiveness and Esprit de Corps जस्ता गुणहरुले सु–सज्जित गरी सैनिक संगठन भित्रका सबै ईकाइको समग्र व्यवसायिकता अभिबृद्धि गर्न “पेशागत प्रतियोगिता २०७०” संचालन गरिएको हो । नेपाली सेनाको पेशा सम्बन्धि दक्षताको मापन गर्ने परम्परागत प्रणालीलाई समय सापेक्ष, चूनौतिपूर्ण, आकर्षक र उत्साही एवं सरल बनाउदै क्षमता अभिबृद्धि गर्न यस प्रकारको प्रतियोगिता संचालन गरिएको छ । प्रतियोगी युनिट÷सब युनिटहरुको शारीरिक तन्दुरुस्ती, नेतृत्व कला, फायरिङ्ग, सामुहिक भावना तथा मिशन पुरा गर्ने समग्र पेशागत ज्ञान र क्षमताको परिक्षात्मक प्रतियोगिता संचलान गर्न उक्त अभ्यासको आयोजना गरिएको हो । 

३. उक्त अभ्यासमा पृतना तहमा संचालित पेशागत प्रतियोगितामा उत्कृष्ट भई छनौंट भएका नेपाली सेनाका १५ वटा गण तथा ५ वटा अनाश्रीत गुल्महरुलाई सहभागी गराई मिति २०७१ बैशाख २८ गतेदेखि मिति २०७१ जेष्ठ ३ गतेसम्म उक्त पेशागत प्रतियोगता संचालन भईरहेको छ । 

४. उक्त अभ्यास निरिक्षणको अवसरमा रथीबृन्द, सेनानी समुह लगायत पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिती रहेको थियो ।