अमेरिकी सेना प्यासिफिक कमाण्ड USPACOM) का Commander Admiral Samuel J. Locklear III को नेपाल भ्रमण

१. नेपाल सरकार मन्त्रीपरिषद्को स्वीकृति अनुसार प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को निमन्त्रणामा मित्रराष्ट्र अमेरिकाको प्यासिफिक कमाण्ड USPACOM) का Commander Admiral Samuel J. Locklear III, USN बाट मिति २०७१ जेष्ठ ११ गतेबाट ऐ. १४ गते (तदनुसार 25-28 May, 2014) सम्म नेपालको औपचारिक भ्रमण हुने कार्यक्रम रहेको छ ।  

२. भ्रमणका क्रममा वहांले प्रधानसेनापतिज्यू संग भेटवार्ता गर्नुका साथै पि.एस.ओज. रथीबृन्दहरुसंग समेत भेटघाट तथा छलफल गर्नु हुने कार्यक्रम छ । वहांले पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा सैनिक शिक्षालय नगरकोटको भ्रमण गर्नुका साथै नगरकोटमा संचालन भईरहेको Higher Command and Management तालिमको अवलोकन तथा सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । १९ सदस्यीय उक्त भ्रमणदल विशेष विमान ९ऋ द्धण् द्य० द्धारा मिति २०७१ जेष्ठ ११ गते काठमाण्डौ आई ऐ. १४ गते भ्रमण पुरा गरी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

३. यस किसिमको उच्च स्तरीय सैनिक नेतृत्वको भ्रमणले नेपाल र अमेरिकाबीचको द्धिपक्षिय सैनिक एवं अन्य क्षेत्रको सम्बन्धलाई विस्तार र सुदृढ गर्न थप सहयोग पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।