प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्यार्नी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ बैशाख १९ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्कोे निर्णय अनुसार चालक उपरथी दर्जामा पदोन्नती हुनु भएका चालक सहायक रथी श्री सतिश विक्रम शाह तथा मिति २०७१ जेष्ठ २ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्कोे निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नती हुनु भएका प्राविधिक सहायक रथी डा. श्री शिव बहादुर बस्नेतलाई आज मिति २०७१ जेष्ठ ६ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै पदोन्नती हुनु भएका चालक उपरथी श्री सतिश विक्रम शाहलाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशक तथा प्राविधिक उपरथी डा. श्री शिव बहादुर बस्नेतलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।