प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ आश्विन २१ गते विविध कार्यक्रमहरुमा सरिक हुनुभयो । २. हिजो बिहान प्रधानसेनापति महारथी श्री गुरुङ्गले Salisbury स्थित Plain Training Area मा 2nd Battalion The Royal Gurkha Rifles को Pre Deployment तालिमको निरीक्षण गर्नु भयो । उक्त Gurkha Rifles निकट भविष्यमा अफगानिस्तानमा तैनाथ हुने योजना रहेको छ । ३. यसै गरी अपरान्ह वहाँले लण्डनस्थित नेपाली राजदुतावासको भ्रमण गर्नु भएको थियो ।