प्रधानसेनापतिद्धारा “नेपाली सेना भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)–२०७१” को उद्घाटन

१. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा  मिति २०७१ जेष्ठ ६ गतेदेखि जेष्ठ ८ गतेसम्म पूर्वाञ्चलमा संचालन भईरहेको “नेपाली सेना भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)—२०७१” को आज मिति २०७१ जेष्ठ ७ गते छुट्टाछुट्टै समारोहका बीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा पानसमा दिप प्रज्वलन गरी ईटहरी र धरानमा समुद्घाटन गर्नु भएको छ । साथै प्रधानसेनापतिद्धारा ईटहरी र धरानमा संचालित कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली सेना कल्याणकारी कोषको तर्फबाट सबै पूर्व सैनिक तथा तीनका आश्रीत परिवारहरुलाई लक्षित गरी बढी भन्दा बढी कल्याणकारी कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडी बढाउने र आय आर्जनका क्षेत्रलाई प्रवद्र्धन गर्न नेपाली सेना उद्दत रहेको कुरा जानकारी गराउनु हुँदै सम्मेलनमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै प्रधानसेनापति श्री राणा भोलि हिलेमा आयोजना हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

२. उक्त कार्यक्रमहरुमा मन्तव्य दिनुहुँदै बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले सम्मेलनको महत्व माथि प्रकाश पार्नुका साथै कार्यक्रम संचालन गर्न योगदान दिने र उपस्थित पूर्व सैनिकहरु सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमहरुको प्रारम्भमा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिृकत रथी (अ.प्रा.) श्री चित्र बहादुर गुरुङ्गले स्वागत मन्तव्य दिनु हुँदै सैनिक कल्याणकारी बोर्डको भावि कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको दौरान सगरमाथा अञ्चलमा बसोवास गर्ने पूर्व सैनिकहरुको तर्फबाट रथी (अ.प्रा.) श्री फत्ते बहादुर लिम्वुले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी मेची तथा कोशी अञ्चलका पूर्व सैनिकहरुका तर्फबाट उपरथी (अ.प्रा.) श्री दिलिप कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमका पूर्व सैनिकहरुका तर्फबाट मार्च पाष्ट लगायत आ–आप्mनो क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांस्कृकित झाकी समेत प्रदर्शन गरिएको थियो ।