अमेरिकी सेना प्यासिफिक कमाण्ड (USPACOM) का Commander Admiral Samuel J. Locklear III, USN चारदिने नेपाल भ्रमणको सिलसिलामा काठमाण्डौमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को निमन्त्रणामा मित्रराष्ट्र अमेरिकाको प्यासिफिक कमाण्ड (USPACOM) का Commander Admiral Samuel J. Locklear III, USN को नेतृत्वमा रहेको १९ सदस्यीय भ्रमणदल विशेष विमानद्वारा आज मिति २०७१ जेष्ठ ११ गते नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाण्डौ आई पुगेको छ ।
  
२. वहां काठमाण्डौ आईपुग्नु हुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतनाका पृतनापति उपरथी श्री हिमालय थापाले स्वागत गर्नु भएको थियो । साथै वहांले आजै अपरान्ह सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।