नेपाल नीति अध्ययन प्रतिष्ठानद्धारा पुस्तक हस्तान्तरण

  नेपालमा कार्यरत गैरसरकारी संस्था नेपाल नीति अध्ययन प्रतिष्ठानका तर्फबाट उक्त प्रतिष्ठानका अध्यक्ष श्री राजन भट्टराई तथा निर्देशक गेजा शर्माले आज मिति २०७१ जेष्ठ ११ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.लाई भेटी स्टाफ कलेज, सैनिक शिक्षालय लगायत अन्य सैनिक शिक्षण संस्थाहरुलाई सान्दर्भिक हुने ४०० थान पुस्तकहरु हस्तान्तरण गर्नुभयो । साथै उक्त संस्थाका तर्फबाट Global Issues संग सम्बन्ध राख्ने संसारका विभिन्न University हरुको Online सेवा नेपाली सेनाका शिक्षण संस्थाहरुलाई समेत उपलब्ध गराउने भएको छ । उक्त अवसरमा त्यस संस्थाको सदासयताको लागि प्रधानसेनापतिज्यूले वहाहरुलाई धन्यबाद दिनु भयो ।