प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. र अमेरिकाको प्यासिफिक कमाण्ड (USPACOM) का Commander Admiral Samuel J. Locklear III, USN वीच जंगी अड्डामा भेटवार्ता

१. नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र अमेरिकाको प्यासिफिक कमाण्ड (USPACOM) का Commander Admiral Samuel J. Locklear III, USN  ले आज मिति २०७१ जेष्ठ १२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग जंगी अड्डामा भेटवार्ता गर्नु भएको छ ।

२. आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग जंगी अड्डामा भेटवार्ता पूर्व वहाँको सम्मानमा एक सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । Admiral Locklear ले प्रधानसेनापति महारथी श्री राणासंग भएको भेटवार्ताका दौरान नेपाली सेनाको व्यवसायीकताको प्रशंसा गर्नुका साथै मानवअधिकार र प्रजातन्त्रप्रति निरन्तर प्रकट गरेको प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो । वहाँले, नेपाली सेनाले गत संविधानसभा निर्वाचनका दौरान निर्वाह गरेको भूमिकाको साथै मूलुक भित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा विविध सन्दर्भमा पु¥याएको योगदानको समेत प्रशंसा गर्नुभएको थियो । साथै USPACOM का तर्फबाट नेपाल र नेपाली सेनालाई उपलव्ध हुने सहयोग निरन्तर रहने विचार समेत व्यक्त गर्नुभएको थियो ।  प्रधानसेनापतिसंगको भेटवार्ता पश्चात Admiral Locklear ले जंगी अड्डामा पि.एस.ओज्. रथीबृन्दहरुसंंग विविध विषयहरुमा छलफल समेत गर्नु भएको थियो । Admiral Locklear ले भोली मिति २०७१ जेष्ठ १३ गते वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखाल र सैनिक शिक्षालय नगरकोटको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

४. Admiral Locklear ले आजै सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग शितलनिवासमा र प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएका उप–प्रधान तथा गृहमन्त्रि श्री वामदेव गौतमसंग वहाँको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको थियो । साथै वहाँले हिजो मिति २०७१ जेष्ठ ११ गते साँझ सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालालाई वहाँको निवास, बालुवाटारमा शिष्टाचार भेटघाट गर्नु भएको थियो । 

५. Admiral Locklear की श्रीमती Pamela Locklear लाई आजै सैनिक श्रीमती संघले आयोजना गरेको एक छुट्टै कार्यक्रममा सैनिकका श्रीमती, एकल महिला र वालवालिकाहरुको लागि लक्षित गर्दै संघले संचालन गर्दै आईरहेको स्वरोजगारमूलक एवं स्वास्थ्य तथा शैक्षिक गतिविधि सम्बन्धमा जानकारी एवं अवलोकन सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती कल्पना पाण्डेले गराउनु भएको थियो ।
 
६. यस किसिमको सैनिक नेतृत्वको भ्रमण तथा भेटवार्ताले नेपाल तथा अमेरिका बीच रहंदै आएको द्धिपक्षिय सौहार्द सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्नुका साथै आगामी दिनमा आपसी सहयोगका क्षेत्रहरुलाई पहिल्याउनुको साथै विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।