प्रधानसेनापतिद्वारा भारतीय सेनाको Indian Military Academy (IMA) मा संचालित अधिकृत आधार तालिमको अन्तिम दिक्षान्त समारोहको निरिक्षण

१. मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले आज मिति २०७१ जेष्ठ ३१ गते देहरादुन स्थित भारतीय सेनाको Indian Military Academy (IMA) मा संचालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा प्रमुख अतिथी Chief Reviewing Officer) को रुपमा सहभागी हुनु भई उक्त तालिमको अन्तिम दिक्षान्त समारोहको निरिक्षण गर्नुभएको छ ।

२. भारतीय सेनाका मानार्थ महारथी समेत रहनु भएका प्रधानसेनापति श्री राणाले आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्नुहुँदै सैनिक पेशा एक आदर्श जीवनको पर्याय हो र यो पेशा खतरामुक्त र सहज छैन यद्यपी, नेतृत्व कलाको विकासको लागि भने पहिलो खुट्कीलो भएको विचार व्यक्त गर्नु भएको थियो । प्रधानसेनापति श्री राणाले आयुक्त पद प्राप्त गर्ने भारतका ७०५ जना तथा विदेशी ६३ गरी कुल ७६८ जना अधिकृतहरुलाई बधाई दिनुहुँदै उज्वल भविष्यको लागि शुभकामना समेत दिनुभएको थियो । कवाज निरिक्षण पश्चात प्रधानसेनापति श्री राणाले उक्त Academy मा तालिम सम्पन्न गर्नुभएका विदेशी अधिकृत क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नु भई सपथ ग्रहण समारोहमा सरिक हुनु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति श्री राणाले Indian Military Academy (IMA) का कमाण्डाण्ट Lt Gen Manvender Singh  संग भेटवार्ता गर्नुभई द्धिपक्षिय आपसी हित तथा तालिम आदान प्रदानका विषयहरुमा छलफल गर्नु भएको थियो । 

३. आजै प्रधानसेनापति श्री राणा भारतीय सेनाको  Central Command अन्तरगतका ईलाकाहरुको निरिक्षण भ्रमणको शिलसिलामा देहरादुनबाट प्रस्थान गर्नुभई  Central Command अन्तरगतको Uttar Bharat (UB) Area मा पर्ने Joshimath ईलाका पुग्नु भएको छ । प्रधानसेनापति श्री राणा Joshimath मा आईपुग्नु हुँदा वहाँलाई भारतीय सेनाका UB Area का General Officer Commanding (GOC) Lt Gen RN Nair ले स्वागत गर्नुभएको थियो ।