प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. देहरादुनस्थित भारतीय सेनाको Indian Military Academy (IMA) मा

१. मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. आज मिति २०७१ जेष्ठ ३० गते देहरादुन स्थित भारतीय सेनाको Indian Military Academy (IMA) मा पुग्नु भएको छ । IMA मा पुग्नु हुंदा प्रधानसेनापति श्री राणालाई उक्त Academy का Commandant Lt. Gen. Manvender Singh ले स्वागत गर्नु भएको थियो । 

२. प्रधानसेनापति श्री राणा IMA मा संचालन भईरहेको अधिकृत आधार तालिमको मिति २०७१ जेष्ठ ३१ आयोजना हुने आयुक्त पद प्रदान कवाज समारोहमा Chief Reviewing Officer को रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।