प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ आश्विन २२ गते विविध कार्यक्रमहरुमा सरिक हुनुभयो । २. हिजो बिहान प्रधानसेनापति महारथी श्री गुरुङ्गले बेलायती Defence Academy को भ्रमण गर्नुभयो । भ्रमणको क्रममा वहाँलाई उक्त Academy का निर्देशक Lieutenant General Andrew Graham,CBE तथा Joint Services Command and Staff College का Commandant Air Vice Marshal Ray Lock ले स्वागत गर्नु भएको थियो । सो अवसरमा Defence Academy का निर्देशक Lieutenant General Andrew Graham,CBE, Joint Services Command and Staff College का Commandant Air Vice Marshal Ray Lock तथा College of Management and Technology का निर्देशक Carl Mantell ले सम्बन्धित बिषयमा बिफ्रिङ्ग गर्नुभएको थियो । ३. हिजै साँझ लण्डनस्थित नेपाली राजदुताबासमा महामहिम राजदुत डा. श्री सुरेश चन्द्र चालिसेद्वारा प्रधानसेनापति महारथी श्री गुरुङ्गको सम्मानमा आयोजित Reception मा सरिक हुनुभयो ।