सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुबाट कान्तिपुर पव्लिकेशनको भ्रमण

१. श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा हाल संचालन भैरहेको सि.सं. २१ सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुबाट मिडिया सम्बन्धि अध्ययन भ्रमणको शिलसिलामा आज मिति २०७१ जेष्ठ २९ गते कान्तिपुर पव्लिकेशनको भ्रमण गरेको छ ।

२. भ्रमणको दौरान कान्तिपुर मिडिया ग्रुपद्वारा कान्तिपुर टेलिभिजन तथा कान्तिपुर पव्लिकेशनको प्रिन्ट मिडिया कम्प्लेक्सको भ्रमण गराउनुको साथै कान्तिपुर मिडिया गु्रप सम्बन्धि विविध पक्षहरुबारे जानकारी गराईएको थियो । भ्रमण अघि The Kathmandu Post का प्रधान सम्पादक अखिलेश उपाध्यायबाट कान्तिपुर पव्लिकेशनबारे जानकारी गराउनु भएको थियो । उक्त भ्रमणको अन्त्यमा The Kathmandu Post का प्रधान सम्पादक लगायत कान्तिपुर मिडिया गु्रपका वरिष्ठ पत्रकारहरुबाट शिक्षार्थी अधिकृतहरुसंग Round Table Discussion समेत भएको थियो । 

३. उक्त भ्रमण टोलीमा नेपाली सेनाका ३७, नेपाल प्रहरीका १, सशस्त्र प्रहरीबलका २, राष्ट्रिय अनुसन्धानका १ जना अधिकृत, लगायत मित्रराष्ट्र चीनबाट २, बंगलादेश, मलेशिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी ५० जना शिक्षार्थी अधिकृत तथा उक्त कलेजका निमित्त कमाण्डाण्ट सहायक रथी श्री पूर्ण सिल्वाल लगायत शिक्षक अधिकृत गरी ६० जनाको उपस्थिती रहेको थियो ।