प्रधानसेनापतिद्वारा भारतीय सेनाको Research and Referral Hospital तथा National Defence College को भ्रमण

१. मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले आज मिति २०७१ जेष्ठ २९ गते नयाँ दिल्ली स्थित भारतीय सेनाको Research and Referral Hospital तथा National Defence College (NDC) को भ्रमण गर्नुभएको छ ।

२. प्रधानसेनापति श्री राणालाई Research and Referral Hospital मा उक्त  Hospital का Commandant Lt Gen AS Narula ले स्वागत गर्नुभएको थियो भने National Defence College मा प्रधानसेनापति श्री राणा पुग्नुहुँदा वहाँलाई उक्त कलेजका fficiating Commandant Rear Admiral Ravindra Gaikwad ले स्वागत गर्नुभएको थियो । प्रधानसेनापति श्री राणालाई NDC का Secretary Brig Gen BK Sharma बाट उक्त कलेज सम्बन्धि ब्रिफिङ्ग भएको थियो । 

३. भ्रमणको दौरान प्रधानसेनापति श्री राणाबाट उक्त हस्पिटल तथा कलेज सम्बन्धि विविध पक्षहरुबारे जानकारी हासिल गर्नुभएको थियो ।