प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. मित्रराष्ट्र भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१.    मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh को निमन्त्रणामा देहरादुनस्थित Indian Military Academy (IMA) मा संचालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा प्रमुख अतिथि (Chief Reviewing Officer) को रुपमा सहभागी हुन मिति २०७१ जेष्ठ २७ गतेबाट भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. भ्रमण पुरा गरी आज मिति २०७१ असार ०३ गते स्वदेश फिर्ता हुनु भएको छ । प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा वहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै सो अवसरमा स्वागतका लागि नेपाली सेनाका रथीबृन्द तथा काठमाण्डौं स्थित विभिन्न मूलुकका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

२.    भ्रमणको क्रममा प्रधानसेनापति श्री राणा मिति २०७१ जेष्ठ ३१ गते देहरादुन स्थित भारतीय सेनाको Indian Military Academy (IMA) मा संचालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा प्रमुख अतिथि (Chief Reviewing Officer)  को रुपमा सहभागी हुनु भई उक्त तालिमको अन्तिम दिक्षान्त समारोहको निरिक्षण गर्नुभएको थियो । प्रधानसेनापति श्री राणाले आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्नुका साथै सर्वाेत्कृष्ट हुने अधिकृत क्याडेटलाई Sword of Honor प्रदान गर्नु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति श्री राणाले Indian Military Academy (IMA) का कमाण्डाण्ट Lt Gen Manvender Singh संग भेटवार्ता गर्नुभई द्धिपक्षिय आपसी हित तथा तालिम आदान प्रदानका विषयहरुमा छलफल गर्नु भएको थियो ।

३.    मित्रराष्ट्र भारत भ्रमणको दौरान प्रधानसेनापति श्री राणाले मिति २०७१ जेष्ठ २८ गते Chief of the Army Staff General Bikram Singh, Chief of Air Staff Air Chief Marshal Arup Raha, Indian Navy का Vice Admiral Sunil Lamba संग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्ताको दौरान द्धिपक्षिय आपसी हित तथा सुरक्षा सरोकारका विषयहरुमा छलफल भएको थियो । भेटअघि प्रधानसेनापति श्री राणाले नयाँ दिल्ली स्थित अमर जवान ज्योतीमा शहिदहरुको सम्झनामा Wreath Laying गर्नु भएको थियो भने नयाँ दिल्ली स्थित South Block Lawns मा भारतीय सेनाको एक टुकडीले प्रधानसेनापति श्री राणाको सम्मानमा सम्मान गारत अपर्ण गरेको थियो ।

४.    प्रधानसेनापति श्री राणाले भ्रमणका क्रममा मिति २०७१ जेष्ठ २९ गते नयाँ दिल्ली स्थित भारतीय सेनाको Research and Referral Hospital तथा National Defence College (NDC) को भ्रमण गर्नुभई उक्त हस्पिटल तथा कलेज सम्बन्धि विविध पक्षहरुबारे जानकारी हासिल गर्नुभएको थियो । त्यसैगरी मिति २०७१ जेष्ठ ३१ गतेदेखि असार ०२ गतेसम्म प्रधानसेनापति श्री राणाले भारतीय सेनाको Central Command बलम अन्तरगत UB Area का केही Formation तथा युनिटहरुको समेत निरिक्षण भ्रमण गर्नु भएको थियो ।

५.    यस किसिमको उच्च सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहंदै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर, दरिलो एवं विस्तार गर्न थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।