का.मु.प्रधानसेनापति र मित्रराष्ट्र अमेरिकाको Bureau of South and Central Asian Affairs क Deputy Assistant Secretary Ms. Fatema Z. Sumar बीच शिष्टाचार भेटवार्ता

१. मिति २०७१ असार ०२ गते का.मु.प्रधानसेनापति रथी श्री पवन बहादुर पाण्डेसंग मित्रराष्ट्र अमेरिकाको Bureau of South and Central Asian Affairs का Deputy Assistant Secretary Ms. Fatema Z. Sumar ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भयो । 

२. उक्त भेटवार्तामा Ms. Fatema Z. Sumar ले नेपाली सेनाले शान्ति प्रक्रिया र समायोजन प्रक्रियालाई सहज ढंगबाट पुरा गर्न पु¥याएको सहयोग र गत बर्ष सम्पन्न संविधानसभा निर्वाचनमा पु¥याएको सहयोगको प्रसंशा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याएको योगदानको सराहना गर्नुभएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाले विकट भौगोलिक क्षेत्रहरुमा राष्ट्र विकासमा पु¥याएको योगदान, विपद् व्यवस्थापनमा First Responder  को रुपमा खेल्ने भूमिका र भौगोलिक विकटता र प्रतिकुल मौसममा विपद् व्यवस्थापनका लागि उचित श्रोत र साधनहरुको उपलव्धता र सो सम्बन्धि कार्यलाई अझ प्रभावकारी बनाउने जस्ता विषयहरु माथि छलफल भएको थियो । साथै अमेरिका र नेपाल वीच विशेषत Humanitarian Assistance and Disaster Response (HADR) क्षेत्रको सहयोग सम्बन्धमा केन्द्रित भेटवार्ताको क्रममा का.मु. प्रधानसेनापति रथी श्री पाण्डेले अमेरिकी सरकारले नेपाली सेना र नेपाललाई गर्दै आएको विभिन्न सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त भेटवार्ताका अवसरमा अमेरिकी महामहिम राजदुत एभतभच ध्। द्ययममभ को समेत उपस्थिती रहेको थियो । 

३. यस किसिमको उच्च स्तरिय द्धिपक्षिय भेटघाटले नेपाल र अमेरिका वीच रहँदै आएको आपसी हित र पारस्परिक सम्बन्धका क्षेत्रहरुलाई निरन्तरता र विस्तार गर्न सहयोग पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।