एकीकृत घुम्ती शिविर संचालन

१. नेपाली सेनाको पहल तथा स्थानिय सरकारी कार्यालयहरुको सहभागितामा मिति २०७१ असार ७ गतेबाट रोल्पा जिल्लाको थवाङमा एकीकृत घुम्ती शिविर संचालन भईरहेको छ । मगर जातीको भुम्या पर्वको अवसरमा मेला भर्न आउने स्थानिय तथा थवाङका बासिन्दालाई लक्षित गरी संचालन गरिएको उक्त एकीकृत घुम्ती शिविरको मिति २०७१ असार ८ गते एक समारोहका वीच मध्य पश्चिम पृतनाका पृतनापति उपरथी राजेन्द्र बहादुर कार्कीले समुद्घाटन गर्नुभएको थियो । 

२. सो अवसरमा पृतनापति उपरथी श्री कार्कीले नेपाली सेना तथा चितवन शिक्षण अस्पतालबाट संयुक्त रुपमा संचालित स्वास्थ्य शिविरको अवलोकन गर्नुका साथै नेत्रहिनहरुलाई सेतो छडी तथा स्थानिय विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्रीहरु वितरण गर्नुभएको थियो । 

३. उक्त एकीकृत घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयबाट मिति २०७१ असार ०९ गतेको १२०० बजेसम्म ४९ जनालाई नागरिकता प्रमाणपत्र वितरण, जिल्ला कृषि विकास कार्यालयबाट २०० जनालाई विउ विजन वितरण, जिल्ला वन कार्यालयबाट २५ जनालाई बनजंगल सम्बन्धि परामर्श सेवा प्रदान, जिल्ला पशु सेवा कार्यालयबाट ९८ जनालाई भेटनरी औषधी वितरण, जिल्ला निर्वाचन कार्यालयबाट ५१ जनालाई फोटो सहितको मतदाता परिचय पत्र वितरण, गा.वि.स.कार्यालय थवाङबाट १९ जनालाई विवाहदर्ता प्रमाणपत्र, ९१ जनालाई जन्मदर्ता प्रमाणपत्र र ५ जनालाई मृत्युदर्ता प्रमाणपत्र वितरण गरिएको थियो भने हालसम्म जम्मा १२७१ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ । साथै थवाङस्थित वीर बलभद्र उच्च मा.वि.मा २७५ जना विद्यार्थी तथा सर्वसाधारणहरुलाई सहभागी गराई मिति २०७१ असार ८ गते ःष्लभ च्ष्कप भ्मगअबतष्यल सम्बन्धि कक्षा संचालन गरिएको थियो भने सो सम्बन्धि पम्प्लेट समेत वितरण गरिएको थियो । साथै नेपाली सेनाको दक्ष जनशक्तिद्वारा उक्त विद्यालयको भ्mयाल तथा ढोकाको चौकोस तथा खापाहरु निर्माण गरिएको थियो । 

४. उक्त एकीकृत घुम्ती शिविर मिति २०७१ असार ०९ गतेको १७०० बजे समापन हुने कार्यक्रम रहेको छ ।